scheduleबुधवार आश्विन १३ गते, २०७८

शिखर वार्ता अघि सोमबार उच्चस्तीय बैठक बस्दै दुई कोरिया

एजेन्सी, २८ साउन । उत्तर र दक्षिण कोरियाका अधिकारीहरुले सोमबार उच्चस्तरीय बैठक बस्ने भएका छन् । एउटा दक्षिण कोरियाली अखबारले दिएको खबर अनुसार यस महिनापछि दुई देशबीच पियोङग्याङमा शिखर वार्ता हुनेछ ।

एक दक्षिण कोरियाली अधिकारीलाई उदृत गर्दै कोकमिन इल्बो समाचारले दुई देशीय शिखर वार्ता चाँडै नै अगस्ट अन्तिमसम्ममा आयोजना हुने सोमबार लेखेको छ । उक्त शिखर वार्ता उत्तरको राजधानी पियोङग्याङमा हुने बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति निवास ब्ल्यु हाउसका प्रवक्ताले आगामी शिखर वार्ताका सम्पूर्ण कार्यक्रम बारे सोमबारको उच्च स्तरीय वार्तामा छलफल हुने बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय