scheduleशनिवार कार्तिक २ गते, २०७६

पुराना पार्टीको व्यवहारले शिशु अवस्थामै संघीयता खतरामा : प्रवक्ता खतिवडा


मुम्बई, २८ साउन । नयाँ शक्ति पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रवक्ता डम्बर खतिवडा पुराना पार्टीहरुको व्यवहारले शिशु अवस्था रहेको संघीयता खतरामा पर्दै गएको आरोप लगाएका छन् ।

नयाँ शक्ति पार्टी, नेपाल निकट प्रवासी संगठन अन्तरास्ट्रिय नेपाली समाज भारतको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रवक्ता खतिवडाले उक्त आरोप लगाएका हुन् । अगस्ट ११ देखि १२ सम्म महाराष्ट्र राज्यको नासिकमा आयोजित भेलालाई सम्बोधन गर्दै खतिवडाले भर्खरै जन्मिएको संघीयता ११ महिनामै पुराना पार्टीहरुको व्यवहारका कारण गुम्ने खतरा बढ्दै गएको बताए ।

उनले सहभागितामुलुक लोकतन्त्रको स्थापनामार्फत् समृद्ध नेपालको स्थापना गर्न नयाँ शक्तिले नेतृत्व प्रदान गर्ने दावी गरे । ‘कम्प्युटरभन्दा अगाडि क्याल्कुलेटरको आविस्कार भयो, क्याल्कुलेटरको काम कम्प्युटरले गर्न सक्छ, तर कम्प्युटरको काम क्यालकुलेटरले गर्न सक्दैन,’ उनले भने, ‘त्यस्तै, पुराना पार्टीको काम नयाँ शक्तिले गर्न सक्छ तर, नयाँ शक्तिको काम पुराना पार्टीहरुले गर्न सक्दैन ।’

संघीयता र समावेशी लोकतन्त्रको जहाज नक्कली पाइलटले उडाइरहेको भन्दै उनले यात्रुहरुलाई सचेत हुन आह्वान गरे ।

कार्यक्रममा नयाँ शक्तिका सचिवालय सदस्य तथा प्रवास प्रादेशिक ईञ्चार्ज देवेन्द्र पराजुलीले नयाँ पार्टी बनाउन र नयाँ बन्न पुराना चिन्तन र व्यवहार त्याग्दै रुपान्तरणको बाटोमा दृढतापूर्वक अगाडी बढ्नुपर्नेमा जोड दिए । प्रदेश नं. सातका ईञ्चार्ज एव्म पूर्व सभासद कृष्णकुमार चौधरीले उत्पीडित वर्ग र समुदायको हकअधिकारको लागि र समतामुलक समृद्धिको लागि नयाँ शक्तिको विकल्प नभएको बताए ।

प्रकाश नेपालीको अध्यक्षता सम्पन्न भेलाको सञ्चालन तथा सहजीकरण लोकेन्द्र सेर्पाली र सचिव विरेन्द्र सिंह ठकुरीले गरेका थिए । भेलाले प्रकाश नेपालीको नेतृत्वमा ८१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कृष्ण खड्का, तुलसीकुमारी विक र प्रेम घताने रहेका छन् भने महासचिवमा लोकेन्द्र सेर्पाली, सचिवमा विरेन्द्रसिंह ठकुरी र कोषाध्यक्षमा ज्योति स्रिमल चयन भएका छन् । भेलाले प्रवक्तामा राजेश रावललाई जिम्मेवारी दिएको छ भने विभिन्न विभागहरुलाई पूर्णता समेत दिएको छ ।

महासचिव लोकेन्द्र सेर्पालीका अनुसार प्रशिक्षण विभागमा दिवाकर शर्मा, उत्पादन तथा स्रोत परिचालन विभागमा विष्णु गाहा, अनुशासन विभागमा तिलक विक, महिला विभागमा दुर्गा ददेल, विद्यार्थीमा राजु भट्टराई, सांस्कृतिक विभागमा सुमी ददेल र खेलकुद विभागमा मोहनराज विक चयन भएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage