scheduleमगलवार कार्तिक ४ गते, २०७७

बोक्सीको आरोपमा बृद्धामाथि दुर्व्यवहार गर्ने दुर्इ महिला पक्राउ

पाल्पा, २८ साउन । पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया वृद्धा महिलालाई बोक्सीको आरोप लगाउँदै समाजको अगाडि दुव्र्यवहार गर्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

वृद्धामाथि दुव्र्यवहार गर्ने बिनय त्रिबेत्री गाउँपालिका वडा नम्बर ३ धारादी नवलपरासी ३ की १६ तमसरी सिंजाली र मध्यबिन्दु नगरपालीका वडा नम्बर १४ नवलपरासीकी १८ वर्षकी गीता कामुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गत १२ गते ती वृद्धालाई बोक्सीको आरोपमा ती महिलाहरुले सार्वजनिक स्थलमकै गालीगलौज गर्दै दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay