scheduleसोमवार भाद्र २ गते, २०७६

विवाहका लागि केटी नपाएपछि गाउँको नामै परिवर्तन

नयाँदिल्ली, ३० साउन । भारतमा युवाहरुले विवाहका लागि केटी नपाएपछि त्यहाँको सरकारले गाउँको नामै परिवर्तन गरिदिएको छ । त्यो पनि एउटा मात्रै होइन आठ वटा गाउँको नामै परिवर्तन गरिदिएको हो ।

मुस्लिम गाउँ भएको र त्यहाँका हिन्दु युवाको विहे नभएको भन्दै राज्य सरकारले गाउँको नामै परिवर्तन गरिदिएको राज्य सरकारले बताएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचार प्रकाशन गरेको छ । यो काम राजस्थान विधानसभाको चुनावभन्दा ठीक पहिला भएको जनाएको छ ।

चितौडगढ़ जिल्लाको मोहम्मदपुरा गाउँको नाम परिवर्तन गरेर मेडी का खेडा राखिएको छ भने नवाबपुरा गाउँको नाम नयाँ सरथल राखिएको छ । यी दुबै गाउँका दर्जनौ परिवारले नाम परिवर्तनका लागि सिफारिस गरेका थिए ।

उनीहरुले मुस्लिम नामलाईमात्र कारण नबताएर शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका समस्याले पनि युवाहरु वञ्चित रहेका कारण ती युवाहरुको विवाह हुन कठिनाई हुने गरेको बताइएको छ । यस खाउँको मुख्य आयतस्रोत भनेकै अफिमको खेति हुने गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage