scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

अमेरिका, ३१ साउन । इसाइ धर्मगुरु पादरीले एक सय बालबालिकालाई बलात्कार गरेका छन् । उनीहरुले सात वर्षीया नाबालिकालाई समेत छोडेका छैनन् । बालबालिकालाई मुखमैथुन गराउने अनि शुद्ध बनाउन पानी छर्किने जस्तो घिनौनी हर्कत गरेका छन् पादरीहरुले ।

अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चमा त्यहाँका धर्मगुरुहरुले केही बालबालिकालाई बलात्कार गरे । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले उक्त घटना प्रतिनिधि घटना मात्रै भएको भन्दै सन् १९४० यताका त्यस्ता १,००० घटना सार्वजनिक गरेको छ ।

पेन्सिलभेनिया राज्यको बृहत अनुसन्धान समिति (ग्रान्ड जुरी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा हाल वासिङ्टन डिसीका मुख्य पादरीले जानाजान उजूरीहरुलाई ढाकछोप गर्ने गरेको उल्लेख छ ।

यौन शोषणमा परेका बालबालिकाको वास्तविक संख्या अझ ठूलो हुने अनुमान गरिएको छ किनभने गिर्जाघरका कैयौं गोप्य रेकर्डहरु पहिल्यै नष्ट भइसकेका छन् र कतिपय पीडितले घटना सार्वजनिक गर्न रुचाएका छैनन्, जुरीले भनेको छ ।

गिर्जाघरमा बालबालिकामाथिको दुर्व्यवहार बढ्दै गएपछि सन् २००२ मा व्यापक सुधारका कार्यहरु अघि सारिएको थियो । पादरीहरुमाथि कानुनी कारबाही हुन सक्ने तथा बाल यौन शोषणमा संलग्न रहेका पादरीलाई त्यस्ता पदबाट हटाउने कडा नियम ल्याइयो । तर वृहत अनुसन्धान समितिले अझ बढी परिवर्तनको आवश्यकता औंल्याएको छ ।

न्यूयोर्क टाइम्समा उल्लेख गरिएको छ, ‘गिर्जाघरका उच्च पदाधिकारीहरु संरक्षित थिए र कतिपय नामै किटेर दिइएका व्यक्तिको पदोन्नति भयो ।’

वृहत अनुसन्धान समितिको ९०० पृष्ठ लामो प्रतिवेदनमा लेखिएको छ । ‘पादरीहरुले ससाना बालक र बालिकालाई बलात्कार गरिरहे, माथिल्ला पादरीहरुले यस्ता घटनामा संलग्नमाथि कारबाही गर्नुको साटो उल्टै उजूरी र गुनासा नै लुकाए, र घटनालाई ढाकछोप गरिदिए ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय