scheduleआइतवार मंसिर १ गते, २०७६

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन दिदैनाैं : महामन्त्री कोइराला

विराटनगर, २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका  छन् ।

विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।

उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए । उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे ।
रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage