scheduleबिहिवार चैत्र २० गते, २०७६

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मनायो २३ औं स्थापना दिवस


काठमाडौं, ३ भदौ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २३ औं स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्त्विहरुलाई मानार्थ सदस्यता प्रदान गरेको छ । आइतबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइएको थियो ।

वार्षिकोत्सवको अवसरमा टीआईका संस्थापक डा. देवेन्द्रराज पाण्डे, टीआई नेपालका पहिलो अध्यक्ष अम्बिका श्रेष्ठ, संस्थापक सदस्य दोमोदरप्रसाद गौतम, संस्थाका सदस्य एवं शिक्षाविद् केदारभक्त माथेमा र भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर घचघच्याइरहने वरिष्ठ सदस्य कृष्णप्रसाद भण्डारीलाई संस्थाले मानार्थ सदस्यता प्रदान गरेको छ ।

स्थापना दिवसकै अवसरमा आयोजित कार्यक्रममा संस्थाको ५ वर्षे रणनीति र भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

Dish_Home

कार्यक्रममा अध्ययन सम्पन्न गर्ने प्रोजेक्ट रिसर्च एन्ड इन्जिनियरिङ एशोसिएट्सका संयोजक राघव विष्टले अध्ययन प्रतिवेदनको निष्कर्ष र सुझाबहरु प्रस्तुत गरेका थिए । त्यसैगरी प्राधिकरणका उपसचिव मनोहर घिमिरेले पुनर्निर्माण सम्बन्धी नीतिगत व्यवस्था, तिनको कार्यान्वयनको स्थिति, पुननिर्मार्णका क्षेत्रमा भएको प्रगति र चुनौति विषयक प्रस्तुति गरेका थिए । प्रस्तुति मूलतः पुननिर्माणसम्बन्धी नीतिगत व्यवस्था, पुनर्निर्माणको प्रति र चुनौती र पुननिर्माणका समस्या र अवसरहरुसमेत तीनवटा विषयमा केन्द्रित रहेको थियो ।

कार्यक्रमलाई सांसद महेन्द्र यादव र आशा विकले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा पुनर्निर्माण सम्बन्धी नीतिगत व्यवस्था, तिनको कार्यान्वयनको स्थिति, पुनर्निर्माणमा भएको प्रगति र चुनौतीजस्ता विषयमा विवेचना गरिएको सो कार्यक्रम टीआई नेपालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यसैगरी महासचिव पद्मिनी प्रधानाङ्गले स्वागत मन्तव्य दिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री अर्जुन कार्की रहेका थिए । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, टीआई नेपालका सदस्यहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय