scheduleआइतवार जेष्ठ २ गते, २०७८

जहाँ जनावरहरुले पनि रोजगार पाइरहेका छन्

एजेन्सी, ४ भाद्र । विश्वका धेरै देशहरुमा मानिसहरु बेजरोजगारीको समस्यासँग दिनहुँ जुझिरहेका छन् । रोजीरोटीको अभावमा रोजगारीको तलाशमा पृथ्वीको चक्कर काटिरहेका यद्यपि उचित रोजगारी र पैसा मिल्न मुस्किल छ ।

यस्तो दुर्दशा देखिरहेका मानिसहरुका लागि यो सुन्दा अचम्म लाग्न सक्छ कि विश्वमा यस्तो पनि ठाउँ छ जहाँ मानिसलाई त रोजगारी छँदै छ, त्यहाँ जनावरहरु पनि रोजगार छन् ।

यो मामिला हो हाम्रो छिमेकी देश भारतको । त्यहाँस्थित आगर प्रहरी कार्यालयमा एक लंगूरलाई तैनाथ गरिएको छ । लंगूरलाई तैनाथ गर्नुको पछाडिको कारण भनेको आगराको कलेक्ट्रेट कार्यालयमा बाँदरको आतंक निकै बढेको थियो । यसले गर्दा त्यहाँका डीएम, एसएसपी कार्यालयका साथै अन्य विभागका कामहरु पनि प्रभावित भएका थिए ।

सूचनाका अनुसार बाँदरहरु यति निर्भय भएका थिए कि उनीहरुले कार्यालयका कागजातहरु पनि च्यात्न थालेका थिए । बाँदरहरुको आतंक बढेपछि त्यहाँका एसएसपी अमित पाठकले एसएसपी आगराका कार्यलयमा लंगूर तैनाथ गर्ने आदेश दिएका थिए । यसपछि त्यहाँ लंगूर नियुक्तिसँगै उसलाई बाँदर भगाउने प्रशिक्षण पनि दिइएको थियो । अहिले त्यहाँ स्थितिमा सुधार आएको छ र बाँदरहरुको आतंकमा कमि पनि आएको छ ।

यस अघि विश्वको सबैभन्दा ठूलो सर्च ईन्जिन गुगलको मूख्यालयमा पनि बाख्राहरुलाई काममा राखिएको थियो । त्यहाँ एउटा हैन दुई सयवटा बाख्रा कर्मचारीहरु थिए ।

ती बाख्राहरुलाई पनि तलब पनि दिइन्थ्यो । ती बाख्राहरुको काम त्यहाँको ठूलो चौरमा पलाएका घाँसहरुमा चर्ने थियो । यसले कार्यालयको चौरलाई सफा राख्न मद्दत गर्दथ्यो । गुगलले घाँस काट्नका लागि मेशिन प्रयोग गरेको थिएन किनभने त्यसबाट निस्कने धुँवा र आवाजले कर्मचारीहरुलाई समस्यामा पार्दथ्यो । गूगलले आफ्नो ब्लगमा त्यसबारे जानकारी दिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय