scheduleबिहिवार चैत्र २० गते, २०७६

पेस्तोल र गोलीसहित सात जना पक्राउ

काठमाडौ, ४ भदौ । राजधनीको तीनकुनेस्थित एक होटलबाट पेस्तोल र त्यसमा प्रयोग हुने ४ राउण्ड गोलीसहित प्रहरीले ७ जना पक्राउ गरेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा काठमाडौं उपत्यकालगायतका क्षेत्रहरुमा सुरक्षा व्यवस्थामा कडाई पारिएको छ भने हतियारसहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार तीनकुनेबाट पक्राउ गरेको हो ।

Dish_Home

पक्राउ परेकाहरु गुन्डागर्दीमा संलग्न रहेको प्रहरीको आशंका छ । उनीहरूको नाम अझैसम्म सार्वजनिक गरिएको छैन ।

उनीहरुलाई तीनकुनेस्थित एवान रेस्टुरेन्टबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ र पक्राउ परेकाहरुमाथि अनुसन्धान थालिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय