scheduleसोमवार जेष्ठ १२ गते, २०७७

भतिजी बलात्कार गर्न खोज्ने पक्राउ

धादिङ, ६ भदौ । आफ्नो भतिजी नाता पर्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घरमा कोही नभएको मौका पारी बालिकालाई बलात्कार गर्न खोज्ने सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय युवककलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबर्जस्ती बलात्कार प्रयास गरेको र बालिकाले प्रतिकार गर्दा दुवै आँखामा रगतको छाप बनेको छ भने घाँटीमा पनि निलडाम भएकोले हाल ती बालिकालाई उपचारका लागि जिल्ला अस्पताल धादिङ र धादिङ सामुदायिक आँखा अस्पतालमा उपचार भइरहेको छ ।

Dish_Home

घटनापछि पीडित पक्षले बुधबार जाहेरी दर्ता गराएपछि आरोपीलाई प्रहरीले बुधबार पक्राउ गरी हिरासतमा लिएको हो ।

आरोपी पीडितको काका पर्ने भएकोले करणी उद्योग र हाडनाता करणी उद्योगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय