scheduleबिहिवार चैत्र २० गते, २०७६

८२ वर्षे वृद्धले दिए सम्बन्धविच्छेदको निवेदन


दोलखा, ९ भदौ । पाँच वर्षदेखि बोलचाल नभएका कारण ८२ वर्षीय एक वृद्धले आफ्नी ७६ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गरीपाउँ भनि निवेदन दर्ता गराएका छन् ।

विगत एकदशकदेखि अलग्गिएर बसेका उनीहरु सम्बन्धविच्छेद गर्न नयाँ कानुन देवानी (संहिता) ले पुरुषलाई पनि अदालती ढोका खुलेपछि आफूले उक्त कदम उठाएको वृद्धले बताएका छन् ।

ती वृद्धाले भने, ‘सँगै बसेर पनि सम्बन्ध राम्रो छैन, बोलचाल छैन भने किन सँगै बस्नु, बरु छुट्टिएर बस्नु निको, मैले नयाँ ऐन कुरेर बसेको थिएँ त्यै भएर निवेदन हाले’ दोलखा जिल्ला अदालत परिसर ती वृद्धले ८२ वर्षको उमेर आएर आफ्नो इच्छा पूरा भएको बताएका छन् ।

Dish_Home

यही भदौ १ गतेदेखि लागू भएको नयाँ ऐनअनुसार श्रीमती पीडित श्रीमानले पनि अदालतको ढोका ढकढक्याउने पाउने अधिकार प्रयोग गर्दै अहिलेसम्म ९ वटा सम्बन्धविच्छेदका घटना दर्ता भइसकेका छन् । यो साता मात्रै चार जना पुरुषले जिल्ला अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय