scheduleआइतवार श्रावण ५ गते, २०७६

फ्लोरिडामा गोली चल्यो, दुईको मृत्यु

एजेन्सी, ११ भदाै । अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला सहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो ।

कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बीबीसीले लेखेको छ । गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा ९ जनालाई गोली लागेको बताइएको छ । प्रहरीले अहिले क्षेत्रक्षेत्रमा व्यापक सर्च अभियान चलाएको छ । प्रहरीले सर्वसाधारणलाई त्यस क्षेत्रमा नजानसमेत अपील गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob