scheduleबिहिवार कार्तिक २८ गते, २०७६

रोहिंग्या हिंसाः शिर्ष सैन्य अधिकारीमाथि छानवीन गरिनुपर्नै युएन अनुसन्धानकर्ताको निश्कर्ष

एजेन्सी, ११ भाद्र । संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले सोमबार म्यानमारका सैनिक प्रमुख र अन्य पाँच शिर्ष सैन्य कमाण्डर माथि रोहिंग्या विरुद्धको जाती संहारमाथि अन्तराष्ट्रिय छानवीन र अभियोजन चलाउनु पर्ने बताएका छन् ।

सोमबार युएन समर्थित म्यानमार हिंसामा सत्य खोजीको मिशनले देशको शिर्ष सैन्य जनरलहरु कमाण्डर इन चिफ सिनियर जनरल मिङ अङ हिल्याङमाथि अनुसन्धान हुनुपर्ने साथै रखाइनमा भएको जाती संहारका लागि अभियोजन चलाइनुपर्ने बताएको छ । उसको प्रतिवेदनमा म्यानमार सैनिकको चेन अफ कमाण्डका शिर्ष अधिकारीहरुमाथि अनुसन्धान र अभियोजनका माग गर्नका लागि पर्याप्त सूचना भएको बताइएको छ ।

उक्त मिशन युएन मानव अधिकार परिषदले मार्च २०१७ मा स्थापना गरेको हो । पछिल्लो वर्ष रखाइन राज्यमा सैनिकहरुले बर्बर कारवाही चलाउँदा सात लाख रोहिंग्याहरु बंगलादेशतर्फ भागेका थिए । विद्रोही विरुद्ध सरकारी दमनका क्रममा त्यहाँका अल्पसंख्यक रोहिंग्यामाथि हत्या, बलात्कार जस्ता जघन्य हिंसाहरु भएका थिए ।

म्यानमारले रोहिंग्या विद्रोहीको हमलाको प्रतिक्रिया मात्र दिएको भन्दै जातीय सफायाका आरोपहरुलाई खारेज गर्दै आएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage