scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

जग्गा भाडामा लिएर अपांगलाई रोजगारी

काठमाडौँ, ११ भदौ । ‘बोधिसत्व इन एक्सन’ नामक संस्थाले अपांगहरुलाई रोजगारी दिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित खगेन्द्र नवजीवन केन्द्रको जग्गा र भवन भाडामा लिएर ४० जना अपाङ्गता भएकाहरुलाई आवासीय सुविधासहित घरायसी वातावरणमा राखी रोजगारी प्रदान गरेको हो ।

बोधिसत्वको चौँथो वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गता भएकालाई तालीमका माध्यमबाट रोजगारी दिइ आत्मनिर्भर बनाएर संस्थाले प्रशंसनीय काम गरेको बताइन् ।

अपाङ्गताका क्षेत्रमा उत्कृष्ट काम गरेवापत ललितपुरस्थित डिस्एबल्ड सर्भिस एसोशियसन्का दयाराम महर्जनलाई एक लाख पुरस्कार राशीले सम्मानित गरिएको थियो ।

पुरस्कारका लागि अपाङ्गता क्षेत्रमा काम गर्ने नौ संस्थाका प्रतिनिधि मनोनयनमा परेकामा महर्जनलाई उत्कृष्ट काम गरेकाले पुरस्कार दिइएको निर्णायक मण्डलका सदस्य पत्रकार घनश्याम खड्काले जानकारी दिए ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुलले समाजमा जीवन बिताउन असहज भएकालाई संस्थाले जीविकोपार्जनको व्यवस्था गरेर उदाहरणीय काम गरेकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यहाँ बस्नेलाई हस्तकलाका सामग्री अग्र्गानिक धूप, ढाकाका सामग्री, सिलाइ कटाइ, मेच, टेबल, थांका चित्र, नेपाली गलैँचालगायत सामग्री बनाउने तालीम दिएर रोजगारी दिइएको छ ।

संस्थामा हुने विभिन्न सामग्री निर्माणमा बाहिरका १०० जनाले पनि रोजगारी पाएको प्रबन्ध निर्देशक गोकर्ण ढुङ्गानाले राससलाई जानकारी दिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage