scheduleबिहिवार चैत्र २० गते, २०७६

बाढीमा बगेका दम्पतीमध्ये पतिको शव फेला

रामेछाप, १२ भदौ । अविरल वर्षापछि आएको बाढीमा बगेका दुईमध्ये एकको शव फेला परेको छ । सोमबार सांझ रामेछापको पैया खोलामा आएको बाढीमा बगेका लिखु –५ नागदहका लिलाबहादुर तामाङको शव फेला परेको हो भने उनीसँगै बगेकी उनकी श्रीमती रणमाया तामाङ भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

लिलाबहादुरको शव लिखु तामाकोशी गाउंपालिकाको छापगाउं भन्ने स्थानमा आज अपरान्ह फेला परेको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । सोमबार खोला तर्ने क्रममा तामाङ दम्पत्तीलाई खोलाले बगाएको थियो ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय