scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

साउदी अरब र हुथी विद्रोहीले यमनमा युद्धअपराध गर्दैछन् : युएन मानव अधिकार

एजेन्सी, १३ भाद्र । संयुक्त राष्ट्रसंघको मानव अधिकार विज्ञहरुले यमनमा साउदी नेतृत्वको सैनिक र त्यहाँका विद्रोही समूह दुवैले युद्ध अपराध गरिरहेको मंगलबार बताएको छ ।

साउदी नेतृत्वको हवाई हमलामा यमनमा ठूलो संख्यामा नागरिक संकट उत्पन्न भएको छ । जसमा कतिपाय हवाई हमलाहरु युद्ध अपराध हुनसक्ने ती विज्ञहरुको प्यानलले बताएको छ । साथै यमनमा संघर्ष गरिरहेका हुथी विद्रोहीहरुले पनि साउदीमा क्षेप्यास्त्र प्रहार गरेको, यमनी शहर तायजमा शेल बमहरु प्रहार गरेको, यातना दिनुका साथै बालबालिकाहरुलाई सैनिकको रुपमा भर्ती गराएको आरोप लगाएको छ ।

विज्ञहरुको प्यानलले दुवै द्वन्द्धरत पक्षले युद्ध नियमको उल्लंघन गरेर यमनमा युद्ध अपराध गरिरहेको बताएको छ ।

साउदी अरब अहिले यमनमा पश्चिमा मुलुकको समर्थनमा सुन्नी मुस्लिम अरब मुलुकहरुको नेतृत्व गरेर अन्तर्राष्ट्रियरुपमा पहिचान पाएका यमनी राष्ट्रपति अब्दुल रब्बु मनसुर हादीको सरकारलाई पुर्नस्थापित गर्न चाहन्छ । हादीलाई सन् २०१५ मा शिया मुस्लिम समर्थक इरानको सहयोगमा हुथी विद्रोहीहरुले राजधानी शानाबाट निकाला गरेका थिए ।

उक्त विज्ञको प्यानलले यमन युद्धमा हतियार र गुप्तचर उपलब्ध गराइरहेको अमेरिका, वेलायत वा हुथीलाई सहयोग प्रदान गर्ने इरानमाथि छानवीन नगरेको बताएको छ । तर उसले युएनका अन्य अंगहरुले ती पक्षहरुमाथि छानवीन गरिरहेको र त्यहाँको युद्ध अन्त्य गर्नका निम्ति हतियारहरुको उपलब्धतामा कडा प्रतिबन्ध लगाउन ती देशहरुलाई आग्रह गर्ने बताएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage