scheduleबिहिवार चैत्र २० गते, २०७६

बालिका हत्यारालाई पक्राउ नगरेको भन्दै औरहीमा प्रदर्शन

महोत्तरी, १३ भदौ । महोत्तरीको औरही नगरपालिकामा ८ महिने बालकलाई अपहरण गरी हत्या गरेको चार दिन बितिसक्दा पनि अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन । घटना हुनुभन्दा एकदिन अघि बच्चा अहपरण गर्नेलाई सिसिक्यामेरामा स्पष्ट अनुहार देखिएपनि अझैसम्म प्रहरीले अपराधीलाई पक्राउ नगरेको भन्दै आज दिनभर औरही बजार बन्द गराएका छन् ।

बर्दिबास जलेश्वर सडकको ठाउँ ठाउँमा टायर बालेर स्थानीयले बिहानैदेखि आवागमन ठप्प पारेका थिए । औरही बजार, पसल र शिक्षण संस्था आज दिनभर बन्द रह्यो । पीडित परिवारलाई न्याय र हत्यारालाई फाँसीको माग गर्दै आज स्थानीयले प्रदर्शन गरेका हुन् ।

Dish_Home

औरही बजारका फेन्सी पसले सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीलाई गत आइतबार अपहरण गरी सोमबार हत्या गरिएको थियो । बालिकाको शव गाउँदेखि करिव ३ किमी पूर्व भंगाहा नगारपालिका ७ स्थित फेकु चौधरीको आँप बगैंचामा भोलिपल्ट फेला परेको थियो ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीले अपराधीलाई चाँडै पक्राउ गर्ने आश्वासन दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय