scheduleबिहिवार चैत्र २० गते, २०७६

अब सुनकोशी गाउँपालिकाले कुनै पनि कर नलिने

सिन्धुपाल्चोक, १६ भदाै । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले सिफारिस लगायतका सेवा प्रवाह गर्दा शुल्क नलिने घोषणा गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले जन्मदर्ता, मृत्यु दर्तालगायत सबै सिफारिसमा कर नलिने निर्णय गरेको हो ।

गाउँपालिकाअन्तर्गतका वडाहरुले यसअघि नागरिकता, जन्म दर्तालगायत विभिन्न २८ शीर्षकका सिफारिस वापत् शुल्क लिने गरेका थिए । अब गाउँपालिकाको निर्णयसँगै वडा र गाउँपालिकाबाट हुने सिफारिस लगायत अन्य सबैमा कर नलिने निर्णय भएको गाउँपालिकाका कार्यकारी अधिकृत वीरबहादुर बस्नेतले बताए ।

Dish_Home

अब जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद, बसाइसराइ, नाता प्रमाणित, जन्म प्रमाणित, विवाहित/अविवाहित प्रमाणित गर्दा कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै नागरिकता सिफारिस, नाम थर संशोधन सिफारिस, नेपाली नागरिकता प्रमाण सिफारिसमा कुनै शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय