scheduleबिहिवार चैत्र २० गते, २०७६

काठमाडौंका मठ–मन्दिर र पार्कहरुमा फ्रि वाईफाई

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि लागु हुने गरी यहाँका मठमन्दिर तथा पर्यटकीय क्षेत्रहरुमा फ्रि वाईफाई प्रदान गर्ने भएको छ । राजधानीका हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा गरी ६ स्थानमा फ्रि वाईफाई सेवा सुरु गरेको हो ।

वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको स्पष्ट पारे ।

Dish_Home

उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धि अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

उक्त सेवा सुरु गर्नका लागि गत चैत १८ गते नै काठमाडौ महानगरपालिका र वल्र्ड लिंकबीच सहमति भएको थियो । यी क्षेत्रहरुमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय