scheduleशनिवार आषाढ़ २७ गते, २०७७

जमिनमुनी सुरुङमा बनेको स्मार्ट फार्म, ६० प्रजातीका सब्जी गर्छ उत्पादन

एजेन्सी, १८ भाद्र । जनसंख्या बढेसँगै खेतीयोग्य जमिन लगातार घट्दै जाँदै छ यसले उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ । तर मानिसले आफ्नो विवेक प्रयोग गरेर खेतीका लागि उपयुक्त जमिन बनाएका छन् ।

दक्षिण कोरियाले खेतीका लागि जमिनमुनी स्मार्ट फार्मको सफलतापूर्वक प्रयोग गरेको छ । दक्षिणले यो कार्यलाई जसरी अन्जाम दिएको छ त्यसले एउटा उदाहरण कायम गरेको छ । यसबारे सोच्दा मात्र पनि धेरैलाई यसको सम्भावनामाथि शंका उत्पन्न हुनसक्छ ।

दक्षिण कोरियास्थित ओकेचेनमा १९० किमी लामो सुरुङमा बनाइएको भर्टिकल फार्म त्यहाँको सबैभन्दा ठूलो फार्म हो । नेक्स्टअन कम्पनीले ४८ वर्षदेखि बन्द रहेको सुरुङमा त्यस फार्मलाई निर्माण गरेको हो । त्यस सुरुङमा अहिले ६० प्रकारका फल र सब्जीहरु उत्पादन भएका छन् । कम्पनी प्रमुख चोई जेई बिनको अनुसार हाल ती उत्पादनले खानपान दिग्गज र बेकरीको आवश्यकता पुरा गरेको छ ।

चोईले त्यहाँ ४७ प्रकारका अर्गानिक छन् । विरुवा बढाउनका निम्ति त्यहाँ शास्त्रिय संगित पनि बजाइन्छ । दक्षिण कोरियाको कृषि मन्त्रालयले त्यहाँको स्मार्ट फार्मलाई दुईगुणा ठूलो बनाउने घोषणा गरिदिएका छन् ।

हाल यो दश हजार एकड जमिनमा फैलिएको छ र यसलाई १८ हजार एकड जमिनमा फैलाइने घोषणा भएको हो । सरकारले यसलाई अनुदान पनि दिने बताएको छ ।

दक्षिण कोरियामा १६ प्रतिशत जमिन मात्र खेतीका लागि छोडिएको हुनाले त्यसलाई त्यहाँ ठूलो सफलताका रुपमा लिइएको हो ।

उक्त सुरुङको उत्पादनलाई अगस्टमा भित्राइएको थियो हाल सुरुङको दुई तिहाई स्थान खाली र त्यहाँ फल र औषधी बनाउने विरुवाहरु लगाइने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय