scheduleआइतवार जेष्ठ १८ गते, २०७७

बोको हराम आक्रमण : मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुग्यो

फाइल फोटो

कानो, नाइजेरिया, १८ भदौ । नाइजेरियाको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको सोमबार नाइजेरियाली सेनाले जनाएको छ ।

सेनाले यस पहिले आइतबार दिएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको जनाएको थियो ।

‘सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकको थप १८ शवलाई जङ्गलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको छ,’ एक सेनाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा एएफ्पीलाई बताए ।

Dish_Home

सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलि यो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो सङ्ख्यामा सैनिक अधिकारी मारिएका हुन् ।

सयौँको सङ्ख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।

दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भएपनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ ।

सेनाले दिएको जानकारीमा विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएको छैन । रासस/एएफपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय