scheduleबुधवार भाद्र ४ गते, २०७६

१ सय रूपैयाँमा पढाउने सञ्जेलको ३ सय रुपैयाँमा विवाह

काठमाडौं, १८ भदौ । नर्सरीदेखि स्नातकोत्तरसम्म एकसय रुपैयाँमै पढाउने समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेल वैवाहिक बन्धनमा बाँधिएका छन् ।

सञ्जेलले आफैले सञ्चालन गरेको समता अस्पतालमा कार्यरत सुन्दरीजलकी कला अधिकारीसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । काठमाण्डौंको गुहेश्वरी मन्दिरमा सामान्य कार्यक्रम गरी उनीहरुले विवाह सम्पन्न गरेका छन् ।

विवाहमा बेहुला उत्तमले समता स्कुल भारत लेखिएको टिसर्ट पाइन्ट र चप्पल लगाएका थिए भने बेहुली कलाले पनि कुर्ता सुरुवाल र चप्पल लगाएकी थिइन् ।

उनीहरुको बिहेमा सहभागी जन्तीहरु पनि थोरै थिए भने बिहेमा जम्मा ३ सय रुपैयाँ मात्रै खर्च भएको सञ्जेलको भनाई थियो । विवाहका लागि सिन्दुर, पाेते र सयपत्रीकाे माला किन्दा तीन सय रूपैया खर्च भएकाे उनकाे भनार्इ छ ।

जन्तीको रुपमा चर्चित हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, सुवास घिमिरे, प्रतीक प्रधान, मनोज गजुरेल, सीताराम कट्टेल लगायत उपस्थित थिए । विवाहपछि महसञ्चारले भोजको आयोजना गरेका थियो ।

तस्बिर: गजुरीयल डट कमबाट

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage