scheduleआइतवारबैशाख ५ गते, २०७८

यस्तो छ गिनिज बुकमा नाम दर्ता गराउने गाईको कहानी

एजेन्सी, १९ भाद्र । नेपालमा दूध दिने गोरुको चर्चा चलिरहँदा आज हामी एउटा अनौठो गाईको कुरा गर्दैछौं जसले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भएको छ ।

गाईको नाम मनिकयम हो । मनिकयम संसारकै सबैभन्दा सानो गाई हो । गाईहरुको औसत उच्चाई चार देखि पाँच फिटसम्म हुन्छ र तौल ३१३ किलोसम्म हुन्छ तर मनिकयमको उच्चाई मात्र १.७५ फिट छ र तौल ४० किलो मात्र छ । यसरी हेर्दा मनिकयमको आकार बाख्राको भन्दा पनि सानो छ ।

मनिकयम केरलस्थित अथोलका बालकृष्णन नामबुकुडीको पाल्तु गाई हो । बालकृष्णनका सम्पूर्ण परिवार मनिकयमलाई निकै स्नेहका साथ स्यहार गर्छन् । मनिकयमलाई हेर्न टाढाटाढाबाट पनि मान्छे आउँछन् । यो गाई त्यस क्षेत्रको आकर्षणको केन्द्रविन्दु बनेको छ ।

‘बारक्राफ्ट’ को खबर अनुसार बालकृष्णनले मनिकयमलाई नवजात अवस्थामा नै पाल्नका लागि घर ल्याएका थिए । तर पर्याप्त स्यहार र आहाराको बावजूद पनि मनिकयमको उचाई र तौल बढ्न सकेन ।

शारीरिकरुपमा अस्वभाविक भए पनि यस गाईलाई कुनै स्वास्थ्य समस्या छैन । गाउँलेहरु यस गाईलाई बरदान ठान्छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay