scheduleआइतवारबैशाख ५ गते, २०७८

यी हुन् विश्वकै यी वृद्ध जापानी दम्पत्ति

एजेन्सी, २० भाद्र । जापानमा सय वर्षभन्दा माथिका वृद्धहरुको कमि छैन । गएको अप्रिलमा जापानका मासाजो नोनाका विश्वकै सबैभन्दा वृद्ध जीवित पुरुष घोषित भएका थिए । अहिले पुनः जापानका मासाओ मातसुमोतो र उनी श्रीमती मियाकोले विश्वकै वृद्ध दम्पत्तिको टाइटल जितेका छन् ।

गिनिज वर्ल्ड रेकर्डले दुवैको संयुक्त उमेरको आधारमा यी दम्पत्तिलाई उक्त टाइटल प्रदान गरेको हो । यी दुईको संयुक्त उमेर २०८ वर्ष रहेको छ ।

मासाओको उमेर १०८ वर्ष रहेको छ भने उनकी श्रीमती मियाकोको उमेर एक सय वर्ष रहेको छ । उनीहरुको विवाह १९३७ अक्टुबरमा भएको थियो । आफ्नो ८० वर्ष पुरानो सम्बन्ध सफल रहनुको पछाडि मियाको आफ्नो सहनशिलता भएको बताउँछिन् ।

मासाओ सैनिक थिए र द्वितीय विश्वयुद्धताका उनी युद्ध लड्नका लागि विदेश पुगेका थिए । त्यस समय उनीहरुले धेरै मुश्किलको सामना गर्नुपरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay