scheduleआइतवार भाद्र २९ गते, २०७६

उत्तर कोरियालाई लिएर रसियामाथि अमेरिकाको यस्तो आरोप

एजेन्सी, २९ भाद्र । अमेरिकाले बिहीबार रसियामाथि उत्तर कोरियाले प्रतिबन्धहरुको कथित उल्लंघन गरेको सम्बन्धको प्रतिवेदनलाई तोडमोड गर्न संयुक्त राष्ट्रसंघका स्वतन्त्र विज्ञहरुलाई दबाब दिएको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाविरुद्ध प्रतिबन्धको निगरानी गरिरहेको प्यानलमाथि निराशा व्यक्त गरेकी छिन् । उनले रसियाली दबाबलाई लुकाएको र परिवर्तन नगर्नुपर्ने स्वतन्त्र प्रतिवेदनमा परिवर्तन गरेको आरोप लगाएकी छिन् ।

राजदूत हेलीले त्यसलाई विज्ञहरुको महत्वपूर्ण काममा एउटा धब्बा भएको बताएकी छिन् । उनले प्यानलले वास्तविक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि बताइन् । उनले वास्तविक प्रतिवेदनमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिवन्धको उल्लंघन गर्दै पेट्रोलियम बस्तुहरुको जहाजदेखि ओसार पोसार गरेको कुरा उल्लेख भएको बताइन् ।

हेलीले केही वस्तुहरु रसियाबाट पनि आएको आरोप लगाएकी छिन् ।

रसियाली राजदूत भ्यासिल्ली निबिनजियाले अगस्ट अन्तिममा आफ्नो देशले उक्त प्रतिवेदन सार्वजनिकमा अवरोध गरेको बताएका छन् । उनले आफुहरु त्यहाँ उल्लेखित केही तत्वहरुसँग सन्तुष्ट नभएको बताए । तर उनले त्यसको विवरण भने दिएनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage