scheduleबुधवार श्रावण १ गते, २०७६

५२ सेकेन्डमा गगनले उठाए बादलमाथि गम्भीर प्रश्न (भिडियो)

काठमाडौं, ३० भदौ । कांग्रेस सांसद तथा युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को क्षमतामाथि प्रश्न उठाएका छन् ।

शनिबार संसदको शून्य समयमा बोल्दै थापाले प्रश्न गरे, ‘‘सभामुख महोदय सोच र क्षमता दुवैमा बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’ शून्य समयमा केवल ५२ सेकेन्डमा गगनले सोधेको प्रश्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले छोटो समयमा नै गृहमन्त्री बादलविरुद्ध धेरै आरोपहरु लगाए । उनले निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई जोगाउन लागिपरेको आरोप समेत लगाए ।

के बोले गगनले ?
ठूलो माछा पक्राउ गर्न सक्नु भएन हामी बोलेनौँ।

कामचोर व्यवसायीलाई कानुन नबनाई पक्राउ गरेर आफै छोड्नुभयो हामी बोलेनौँ।

डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौँ।

लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौँ ।

हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठिकै हो। क्षमतामा केही बादल लागेको मात्र हो। तर हिजो हामी जब बोल्यो, मन्त्रीजी पनि बोल्नुभयो। अनि थाहा पायौँ युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नो हिरासतबाट मनोहर यादव मारिदा, अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई आफ्नै संयन्त्रहरु जोगाउन लागिरहँदा ग्लानीबोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको, बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ।

सभामुख महोदय सोच र क्षमता दुवैमा बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?

हेर्नुहोस् भिडियो-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob