scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

उत्तर कोरिया नीतिले मात्र बचाउँदैन मुन जेई इनको लोकप्रियतालाई

एजेन्सी, ३१ भाद्र । उत्तर कोरियासँगको तेस्रो शिखर सम्मेलन अघि दक्षिण कोरियाका उदारवादी नेता मुन जेई इनले गृह देशमा आशंकाहरुको सामना गर्दैछन् ।

एउटा सर्वेक्षणले करिब आधा दक्षिण कोरियाली जनतालाई अर्को हप्तामा दक्षिण कोरियामा आयोजना हुने शिखर वार्ताले तनावपूर्ण परमाणु कूटनीतिमा ब्रेकथ्रु समाधान हासिल गर्ने विषयमा विश्वास नभएको देखाएको छ ।

यसले देशमा आर्थिक निराशाबीच राष्ट्रपति मुन जेई इनको लोकप्रियतालाई गिराएको छ ।

कोरिया विश्वविद्यालयका प्राध्यापक नाम सुङ वुकका अनुसार मुनले आर्थिक समस्यालाई सम्बोधन गर्न असफल रहे उत्तरसँगको उनको नीतिले मात्र उनलाई सार्वजनिक समर्थन मिल्न सक्दैन ।

यदि आर्थिक अवस्था अझ खस्किए मानिसहरुले मुनलाई उत्तर कोरियालाई हेर्न छोडेर देशको आर्थिक समस्यालाई समाधान गर्नका लागि माग गर्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय