scheduleआइतवार भाद्र ८ गते, २०७६

अविवाहित किशोरीले बच्चा जन्माएर शौचालय छेउमा मारिन्

सुनसरी, २ असोज । बच्चा जन्माई फालेको अभियोगमा धरान उपमहानगरपालिका–१० नारायन चोक डेरा गरी बस्ने इनरुवा डुम्राहा घर बताउने १९ वर्षीया अस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँको शौचालयको छेउमा सोमबार नवजात शिशु मृत अवस्थामा फेला परेको थियो ।

अविवाहित चौधरीले पुरुष जातको शिशु जन्माई उक्त स्थानमा फालेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage