scheduleआइतवार आश्विन ५ गते, २०७६

युएन महासभाः यी हुन् यसवर्ष छलफल हुनसक्ने ५ सम्भावित विषयहरु

एजेन्सी, ५ असोज । संयुक्त राष्ट्रसंघको महासभामा सेप्टेम्बर २५ मा विश्वभरका नेताहरु उपस्थित हुँदैछन् ।

दुई मुलुकका प्रतिनिधिहरुले आजको विश्वालाई प्रभाव पारिरहेका विभिन्न महत्वपूर्ण राजनीतिक तथा नीतिगत मुद्दामा छलफल गर्ने छन् ।
मध्येपूर्वी मिडिया अल जजिराले उक्त महासभामा विश्वले कुन कुन विषयलाई समेट्नेछ र के कस्ता कुरा त्यहाँबाट अपेक्षा गरिएको छ भन्ने विषयमा उल्लेख गरेको छ ।

१ रोहिंग्या मुद्दा
गत महिना युएनका महासचिव एन्टोनियो गुट्रेसले म्यानमारलाई त्यहाँ भएको एउटा भयानक अमानवीय हिंसाप्रति जवाफदेही हुन आह्वान गरेका थिए । राष्ट्रसंघको अनुसन्धानमा त्यहाँ रोहिंग्याविरुद्ध अमानवीय हिंसा भएको पाएपछि उनले त्यस्तो आह्वान गरेका थिए । साथै, अन्तराष्ट्रिय फौजदारी अदालतले पनि दोषी पाइएका सैनिक अधिकारीमाथि मुद्दा चलाउने आफ्नो क्षेत्राधिकार रहेको बताएको थियो । तर, म्यानमार सरकारले कुनै पनि आम हिंसाको आरोपहरुलाई अस्वीकार गरेको थियो ।

युएन म्यानमारसँग गत जून महिनामा अड्केको उसको रोहिंग्या शणणार्थी देश फिर्ता ल्याउने यो विवादास्पद मुद्दामा प्रगति हासिल गर्न चाहन्छ । बंगलादेश पनि आफुले शरण प्रदान गर्दै आएको ती उच्चसंख्यामा रहेका शरणार्थीको मुद्दामा केन्द्रित रहनेछ ।

रोहिंग्याको सहयोगका लागि युएनले आह्वान गर्दै आएको एक अर्ब डलरको सहयोग रकम जुटाउन सकेको छैन ।

न्यूयोर्कस्थित एमनेस्टी इन्टरनेश्नलका प्रमुख सेरिन टेडरोसले भने, ‘न्यूयोर्कको महासभामा उपस्थित हुने विश्वभरका नेताहरुसँग म्यानमारमा हिंसामा परेका रोहिंग्याको लागि सन्देश पठाउन र न्यायको मार्गप्रशस्त गर्न सुनौलो अवसर छ ।’

साथै, उनले कुनै बिलम्ब हुन अघि अन्तराष्ट्रले म्यानमार सरकारको ढाँट र धोकेवाजीलाई ध्यान दिएर अन्तराष्ट्रिय कानुनको मातहतमा अपराधका प्रमाण जुटाउन र सुरक्षित गर्नका लागि स्वतन्त्र संस्थाको स्थापना गर्नुपर्ने बताए ।

२ सिरिया
सिरियाली सरकारले विद्रोहीको नियन्त्रणमा रहेको भूभागलाई फिर्ता लिनका लागि चलाइरहेको कारावाहीले अप्रत्याशित मात्रामा आन्तरिक विस्थापन सृजना गराउनसक्ने चेतावनी दिएको छ ।

करिब तीन लाख जनसंख्या रहेको सिरियाको उत्तरी प्रान्त इदलिबमा रसियाली हवाई बलको सहयोगमा सिरियाली सैनिक हमला गर्ने तयारीमा छ जसकारण उच्च संख्यामा मानवीय संकट उत्पन्न हुनसक्ने चेतावनी युएनले सिरियालाई दिँदै आएको छ । युएनका अधिकारीहरुले युद्धमा संलग्न सम्पूर्ण पक्षलाई मानविय संकट नहुने सुनिश्चित गर्न आह्वान गरेको छ तर उसको यी चेतावनीहरुको सम्मान भएको कुनै संकेत मिलेको छैन ।

महासभाको यसवर्षको उच्चस्तरीय वार्तामा इदलिबलाई पनि सम्बोधन गरिने अपेक्षा गरिएको छ ।

३ युएनआरडब्ल्युए
पछिल्लो महिना अमेरिकाले संयुक्त राष्ट्रसंघको रिलिफ एण्ड वर्क एजेन्सी युएनआरडब्ल्युएलाई प्रदान गर्दै आएको सम्पूर्ण कोष बन्द गर्ने घोषणा गरेपछि त्यसको भविष्यमाथि खतरा उत्पन्न भएको छ । उक्त संस्थाले ५० लाख प्यालेस्टाइनी शणनार्थी र उसका पीडिलाई सहयोग प्रदान गर्दै आएको थियो ।

इजरायलले भूमि ओगटेपछि आफ्नै ठाउँबाट लखेटिएका प्यालेस्टाइनीहरुको सहयोगका लागि उक्त संस्था १९४९ मा स्थापना भएको थियो । त्यसपछि गाजा, वेस्ट बैंक छिमेकी मुलुक जोर्डन र सिरियामा बस्दै आएका प्यालेस्टाइनीका लागि त्यो जिउने आधार बन्दै आएको थियो ।

अमेरिका ऐतिहासिकरुपमै त्यस संस्थाको नेतृत्वदायी सहयोगी थियो । तर डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भैसकेपछि एकास्सी यसको कोषमा कटौती भएको थियो ।

ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाई ज्यारेड कुस्नरले एउटा लिक भएको इमेलमा युएनआरडब्ल्युए भ्रष्ट, अप्रभावकारी र शान्तिका लागि असयोगी संस्था भएको लेखेका थिए । साथै उनले देश फर्कन पाउने प्यालेस्टाइनी शणनार्थीहरुको अधिकारप्रति संस्थाको समर्थनलाई पनि आलोचना गरेका थिए ।

प्यालेस्टाइन राष्ट्रिय परिषदले विश्वभरका नेताहरुलाई युएनको महासभामा अमेरिकाको उक्त निर्णयको विरोध गर्न आह्वान गरेको छ ।
अमेरिकाले उसको सहयोग अन्त्य गरेपछि टर्कीले आफ्नो सहयोग रकम बढाएको छ तर त्यो अपर्याप्त छ ।

युएनआरडब्ल्युएका प्रवक्ता हुदा सायबीले यदि यो वर्षसम्म संस्थाले पर्याप्त रकम नपाए शिक्षा, स्वास्थ्य र सामाजिक सबै सुविधा धरापमा पर्ने बताएका छन् ।

४. इरान
गत वर्ष महासभामा आफ्नो पहिलो सम्बोधनमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई भ्रष्ट तानाशाहीको ट्याग लगाउँदै र सिरियाली राष्ट्रपति बसर अल असद र हाजिबूल्लाहप्रतिको उसको समर्थनको प्रतिवाद गर्दै इरानमाथि कडा आलोचना गरेका थिए ।

यसवर्ष पनि गत मे महिनामा इरानको परमाणु सम्झौताबाट नाटकिय ढ्रंगले पछाडी हटेका ट्रम्पले आफ्नो जिब्रो सम्हाल्ने कुनै छनक देखिदैँन । साथै इरानका प्रमुख हसन रुहानी पनि उक्त महासभामा उपस्थित हुने बताइएको जसले देशभित्रै विवाद उत्पन्न गराएको छ । इरानका कट्टरपन्थीहरु उक्त वार्तामा उपस्थित नहुन सुझाउँछन् भने सुधारवादीहरु शान्ति र कूटनीतिको सन्देश पुर्याउन उपस्थित जनाउन प्रेरित गर्छन् ।

सुधारवादी तथा प्रयोगावदीहरु पश्चिमसँग इरान नजिकिएको देख्न चाहान्छन् यदि उनी महासभामा उपस्थित नहुने हो भने यसले इरानको कूटनीतिक पकडलाई कमजोर बनाउने उनीहरुको विश्वास छ ।

साथै सभामाा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग पनि रुहानीको आमनेसामने हुने अपेक्षा गरिएको छ ।

५. उत्तर कोरिया
पछिल्लोवर्षको महासभामा उत्तर कोरियाविरुद्ध ट्रम्पको धम्की र किमसँगको उनको वाक् युद्धको चर्चा भएको थियो । तर बितेका एकवर्षमा कोरियाली प्रायद्वीपमा निकै ठूला सकरात्मक विकासहरु भएको छन् जसले गर्दा गत जूनमा अमेरिका र उत्तरबीच शिखर वार्ता सम्पन्न भयो जसमा उत्तरले निशस्त्रीकरणको प्रतिबद्धता व्यक्त गरेको थियो ।

तर ती सम्झौता विवरणको दृष्टिले हेर्ने हो भने एकदमै हलुका थिए र त्यसको विकासको सम्बन्ध हालसम्म अनुमान गर्न सकिएको छैन ।

यसबीच दुई देशबीच केही टसनपनि उत्पन्न भएको सुन्नमा आयो । यसपटककोे सभामा उत्तर कोरियाको १८० डिग्रीको कायापलट र यसका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage