scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

तीन महिनाको बच्चालार्इ लिएर युएन महासभामा प्रधानमन्त्री उपस्थित भएपछि…

एजेन्सी, ९ असोज । सत्तामा रहँदा आमा बन्ने सौभाग्य पाएर केही महिना अघि विश्वभर चर्चाको विषय बनेकी न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आर्डेन पुनः एउटा नयाँ कामले अहिले चर्चामा आएकी छिन् । न्युयोर्कको मूख्यालयमा शुरु भएको संयुक्त राष्ट्रसंघको महासभामा जेसिण्डाले आफ्नो पहिलो वक्तव्य दिइन् यसपटक ।

तर उनको वक्तव्यभन्दा पनि महासभामा सबैको ध्यानको केन्द्रविन्दु भनेको उनको तीन महिनाकी छोरी थिइन् जसलाई प्रधानमन्त्री आमा जेसिण्डाले युएनको महासभामा साथै ल्याएर उपस्थित भएकी थिइन् ।

कुनै राष्ट्रको प्रतिनिधिले आफ्नो बच्चालाई साथै ल्याएर महासभामा उपस्थित भएको यो युएन इतिहासमै पहिलो पटक हो ।
सोमबार महासभालाई सम्बोधन गर्न अघि जेसिण्डा आफ्नी छोरी निभि ते आरोहासँग खेलिरहेकी थिइन् ।

महासभालाई सम्बोधन गरिरहँदा न्युजिल्याण्डको ‘फस्ट बेबी’ लाई उनकै बुवा जेसिण्डाका पार्टनर प्रेमी कलार्की गेफोर्डले बोकी रहेका थिए ।

युएनमा आयोजित नेल्शन मण्डेला शान्ती सम्मेलनमा आफ्नो पहिलो भाषण दिएकी जेसिण्डाले आफ्नो देशमा मण्डेलाको महत्वपूर्ण प्रभाव परेको बताएकी थिइन् ।

साथै प्रधानमन्त्री जेसिण्डा आर्डेनले न्युजिल्याण्ड हेराल्ड मिडियासँग यात्रामा निभिको हेरचाहका लागि न्युयोर्क साथै आएका आफ्नो पार्टनर कलार्कीको यात्रा खर्च आफैले उठाउने बताएकी थिइन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage