scheduleआइतवार भाद्र २९ गते, २०७६

संयुक्त राष्ट्रसंघीय महासभामा डोनाल्ड ट्रम्पको भाषण सुनेपछि यसरी हाँसे प्रतिनिधि

एजेन्सी, ११ असोज । संयुक्त राष्ट्रसंघीय महासभाको ७३ औं अधिवेशनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणले त्यहाँ उपस्थित अन्य देशका प्रतिनिधिहरुलाई हसाँएको छ ।

सभामा भाषण गर्ने क्रममा ट्रम्पले प्रतिद्वन्द्धि मुलुक इरानमाथि वाक् हमला गर्दै इरानले मध्यपूर्व मुलुकमा अराजकता, मृत्यु र विनाशको माहौल खडा गरेको आरोप लगाएका थिए । न्युयोर्कमा आयोजित अधिवेशनमा उनले इरानको परमाणु सम्झौता रद्द गर्ने फैसलाको बचाउ गरेका छन् ।

मन्तव्यको क्रममा उनले आफ्नो प्रशासनको तारिफ गर्दै आफुले अमेरिकाको इतिहासमै अन्य सत्तासिन अधिकारीलेभन्दा धेरै कार्य पूर्ण गरेको बताएका थिए । उनको यस्तो कुरा सुनेर सभामा उपस्थित सबै हाँसेका थिए ।

अरुको हाँसो सुनेपछि ट्रम्पले पनि हाँस्दै भने,‘मैले यस्तो प्रतिक्रियाको आशा गरेको थियो ।’ ट्रम्पले आफ्नो भनाईलाई जोड दिदैँ अमेरिका उनको शासनकाल अघि यति सुरक्षित, धनी र बलियो नभएको बताएका थिए ।

साथै डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको अमेरिकाको चरम रवैया र चीनसँगको कडा रवैयाको बचाउ गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage