scheduleसोमवार माघ १३ गते, २०७६

यस्तो रह्यो प्रधानमन्त्री ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीचको भेटवार्ता

सुरेन्द्रबहादुर नेपाली/न्यूयोर्क, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गरे ।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्री ओली तथा राष्ट्रपति बेर्सेट न्युयोर्क छन् । सो अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । नेपालमा स्विट्जरल्याण्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय