scheduleआइतवार भाद्र २९ गते, २०७६

रोहिंग्या हिंसाको प्रमाण तयार गर्न युएनद्वारा अंग गठन हुने

एजेन्सी, १२ असोज । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदले म्यानमारमा भएको मानव अधिकार उल्लंघनका घटनाहरुको प्रमाण तयार गर्नका निम्ति एउटा अंग तयार गर्ने पक्षमा मतदान गरेको छ ।

युरोपेली युनियन र इस्लामिक कोअपरेशन संगठनले ल्याएको उक्त विषयको प्रस्तावको पक्षमा ४७ सदस्यीय परिषदमा ३५ जनाले मतदान गरेका थिए भने सातजना अनुपस्थित थिए ।

चीन, फिलिपिन्स र बुरुण्डीले उक्त प्रस्तावको विरुद्धमा मतदान गरेका थिए ।

एक वर्ष अघि म्यानमार सैनिकले अराकान रोहिंग्या मूक्रि सैनिकको हमलाको जवाफमा रखाइन राज्यमा अल्पसंख्यक रोहिंग्या मुस्लिमविरुद्ध बर्बर कारबाही चलाएका थिए । अराकान रोहिंग्या मुक्ति सैनिकले म्यानमारका ३० वटा प्रहरी पोस्ट र सैनिक आधारहरु हमला गरेका थिए ।

सैनिकको बर्बर दमन र यातनापछि सात लाखभन्दा धेरै रोहिंग्याहरु देश छोडेर भाग्न बाध्य भएका थिए । हाल अधिकांश रोहिंगया अझै छिमेकी बंगलादेशको शरणार्थी शिविरमा बसिरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage