scheduleआइतवार भाद्र २९ गते, २०७६

विदेशमा स्वदेशी मुद्रा छाप्नुका पछाडी यस्ता छन् नागरिकले जान्नैपर्ने तथ्यहरु

एजेन्सी, १२ असोज । पछिल्लो हप्ता लाइबेरियाको सरकारलाई करिब दश करोड ४० लाख डलर घाटा भएको खबर बाहिर आएको थियो । त्यसको कारण उसको नगद रुपयाँ गायब भएको बताएको थियो ।

लाइबेरियाको केन्द्रिय बैंकले विदेशस्थित प्रिन्टिङ प्रेसलाई ती नोटहरुको छपाई गर्ने काम सुम्पिएको थियो । ती नोटहरु जब देशको मूख्य बन्दरगाहबाट हवाईअड्डासम्म ल्याइरहेको थियो त्यही समय हराएको थियो । लाइबेरियाको सरकार यस मामिलाको छानवीन गर्दैछ । पछिल्लो महिना हाम्रो छिमेकी मुलुक भारतले विदेशमा नोट छाप्ने योजनामाथि त्यहाँका जनताहरु आक्रोशित भएका थिए ।

यी दुवै मामिलाबाट हाम्रो पैसा कहाँ छापिरहेको छ भन्ने सवाल बाहिर आएको छ जुनबारेमा हामी सचेत रहन आवश्यक छ ।

केही देशहरु जस्तै भारत आफ्नो नोट आफ्नै देशमा छाप्ने दावी गर्छ र अमेरिका पनि कानुनतः मुद्रा आफै छाप्न बाध्य छ तर केही देश भने आफ्नो नोट विदेशमा छाप्नु सामान्य मान्दछ । यदि लाइबेरियाको कुरा गर्ने हो भने उसँग त मुद्रा छाप्ने आफ्नै केन्द्र नै छैन ।

विश्वमा नोट छाप्ने धेरै ठूल्ठुला कम्पनी छन् । बैंक नोट बनाउने कम्पनी डे ला रुएको अनुसार व्यवसायिक प्रिन्ट बजारले कूल नगदको ११ प्रतिशतसम्म व्यापारिक तौरले छाप्छ । यस क्षेत्रमा नोट छाप्ने धेरै कम्पनी युरोप र उत्तर अमेरिकाको छ । वेलायती कम्पनी डे ला रुए विश्वको सबैभन्दा ठूलो नोट छपाई गर्ने कम्पनी हो ।

यो कम्पनी लगभग विश्वभरीका १४० देशको केन्द्रिय बैंकको नोट छाप्ने काम गर्छ । यसको प्रतिद्वन्द्धि जर्मनी कम्पनी गीसेक एंड डर्विएन्ट लगभग सय केन्द्रिय बैंकहरुको नोट छाप्ने काम गर्छ । यस बाहेक क्यानेडाको बैंकनोट कम्पनी र अमेरिका स्वीडेनको क्रेन कम्पनी यस क्षेत्रको ठूला कम्पनीहरु हुन् । यो एउटा ठूलो र गुप्त व्यापार हो ।

बीबीसीको अनुसार जब उसले ती कम्पनीलाई सम्पर्क गरेर उसले नोट छाप्ने देशहरुको बारेमा प्रश्न गर्‍यो  तब उसले त्यसबारेमा बताउन अस्वीकार गर्‍यो ।

नोटको छपाईको काम विदेशलाई सुम्पिनेबारे भारतीय जनताहरुको आक्रोशलाई देखेपछि यस्ता कुरा जनताका लागि संवेदनशिल विषय हो भन्ने बुझिएको छ ।

डरहम विश्वविद्यालयको पैसाको इतिहासका विशेषज्ञ डनकेस काँनोर्स भन्छन्,‘यो मानिसका लागि राष्ट्रियताको विषय बन्छ ।’

१. कुनै देश किन आफै नोट छाप्दैन
यो एउटा कठिन र निकै खर्चिलो प्रक्रिया हो । डे ला रुएले नोट छपाईको काम १८६० देखि शुरु गरेको हो । साना देशका लागि नोट छपाई विदेशमा गर्न तार्किकरुपमा सही हो । यदि कुनै देशलाई कम नोट चाहिएको खण्डमा त्यसको लागि प्रिन्टिङ प्रेसमा धेरै खर्च गर्नु सही विकल्प हुँदैन । यस्ता किसिमका प्रेसमा समय समयमा नयाँ र उच्च प्रविधिको प्रयोग गर्नुपर्छ ।

२. साना देशका लागि राम्रो विकल्प
एक बैंकनोट प्रिन्टर एक वर्षमा एक अर्ब ३० करोड नोटको छपाई गर्छ । यदि कुनै केन्द्रिय बैंक यो भन्दा कम नोट छपाई गर्छ भने त्यो वित्तिय रुपमा उसको सही निर्णय साबित हुँदैन । अमेरिकाको कुरा गर्ने हो भने उ प्रत्येक वर्ष सात अर्ब नोटको छपाई गर्छ । सोलोमन द्वीपको कुरा गर्ने हो भने त्यहाँ छ लाख जनसंख्या छ जसकारण उसको नोट पनि डे ला रुएले नै गर्छ । तर भारतले यस्तो काम गर्न आफ्नो राष्ट्रिय सुरक्षाका लागि चिन्ताजनक मान्दछ । विशेषगरी भारत र चीनबीच चलिरहेको सिमा विवादको बीच यसलाई अझ महत्वको साथ हेरिएको छ ।

३. लिबियाको घटना र नगदको कमी
लिबियाको उदारहण लिने हो भने सन् २०११ मा वेलायती सरकारले १ अर्ब ८६ करोड दिनर लिबियालाई पठाउन रोकिदिएको थियो । त्यसभित्र एक करोड ४० लाख पाउण्ड डे ला रुएले छापेको थियो । जसको परिणामस्वरुप कर्णेल गद्दाफीको सत्ताको अन्तिम चरणमा लिबियामा नोटको कमी भएको थियो । यस्तो स्थितिमा विदेशी सरकार कहिले काँही नोटको वितरण रोकिदिन्छ । यद्यपी यस्तो परिस्थिती एकदमै दुर्लभ हुन्छ । लिबियाको यो घटनाले इंडस्ट्रीलाई अचम्म बनाएको थियो । यद्यपी नोटको छपाई गर्ने व्यवसायलाई यसले खासै असर पारेन ।

सैंदान्तिक रुपमा हेर्ने हो भने कुनै देशबाट प्राप्त हुने छपाईको निर्देशनभन्दा धेरै छपाई गरेर देशको अर्थ व्यवस्थालाई कमजोर गर्न सकिन्छ । मुद्राको अधिकता अर्थव्यवस्थामाथि नराम्रो प्रभाव पुर्‍याउन सक्छ र मुद्रास्फीतिको अवस्था सृजना हुनसक्छ । यसबाट अर्को जोखिम भनेको विदेशी शक्तिलाई आफ्नो नोटको सुरक्षा गुणको बारेमा जानकारी मिल्न सक्छ । यस्तो अवस्थामा जाली नोटको खतरा उत्पन्न हुनसक्छ । यद्यपी यस्ता घटनाका प्रमाण अहिलेसम्म मिल्न सकेको छैन ।

जुन देश आफ्नो मुद्राको छपाई विदेशमा गर्छ उसको लागि विश्वास ठूलो विषय बन्नसक्छ । यस्ता देशहरुमा उच्च स्तरमा भ्रष्टाचारको पनि आशंका रहन्छ । यद्यपी अधिकांश देश आफ्नो नोटको छपाई आफै गर्छ । अन्तराष्ट्रिय मुद्रा संघका प्रवन्धक गियामे लिपेक भन्छन्,‘कुनै पनि अन्तराष्ट्रिय नियामक यस्तो किसिमको उत्पादनलाई नियन्त्रण गर्दैन ।’

४.के भविष्यमा मुद्रा यति आवश्यक छ ?
अहिले मानिसहरु मुद्राको प्रयोग अपेक्षाकृत कम गर्छन् । धेरैवटा एप्लीकेशन र भूक्तानीको तरिका भएको कारण नोटको प्रयोग गर्न सजिलो भएको छ । चीनको विचैट नामको मैसेजिङ र पेमेन्ट एप्लीकेशन निकै लोकप्रिय छ । चीनको पिपूल्स बैंकको अनुसार सन् २०१६ मा मात्र १० प्रतिशत रिटेल भुक्तानी मुद्राको मार्फत भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage