scheduleशनिवार आश्विन ४ गते, २०७६

युएनको साधारण सभामा पाकिस्तानमाथि यसरी खनिइन् सुष्मा स्वराज

एजेन्सी, १४ असोज । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले अमेरिकाको न्युयोर्क शहरमा आयोजित संयुक्त राष्ट्रसंघको ७३ औं वार्षिक साधारण सभालाई सम्बोधन गरेकी छिन् । आफ्नो सम्बोधनमा पहिले त उनले इंडोनेशियामा आएको भूकम्पमा मारिएका मानिसहरुलाई श्रद्धान्जली दिइन् त्यसपछि भने उनी पाकिस्तानमाथि यसरी खनिन् ।

उनले भनिन्,‘भारत आतंकवादको मार दशकौं देखि झेलिरहेको छ । हामीले छिमेकी मुलुकबाटै आतंकवाद झेलिरहनुपरेको छ । पाकिस्तान केवल आतंकवाद मात्र बढाइरहेको छैन उ यसलाई अस्वीकार पनि गरिरहेको छ । उसले ओसामा विन लादेनलाई लुकाइरह्यो । पेन्टागन हमलाका मास्टरमाइंड मारिए तर मुम्बाई हमलाको मास्टरमाइंड हाफिज सइद पाकिस्तानमा चुनाव लड्दैछन् । भारतले पाकिस्तानसँग धेरै कुरा गर्ने प्रयास गर्‍यो । मैले आफै इस्लामावादमा गएर कुराकानी शुरुवात गरे तर तत्काल पठानकोटको हाम्रो हवाई अड्डामा हमला भयो ।’

साथै विदेशमन्त्री स्वराजले पाकिस्तानका नयाँ प्रधानमन्त्रीले न्युयोर्कमा दुई देशबीच विदेशमन्त्रीको भेटवार्ताको कुरा गरेको पनि बताइन् साथै उनले त्यसपछि पाकिस्तानले आफ्नो सुरक्षा बलमाथि हमला गरेको पनि आरोप लगाइन् ।

विदेशमन्त्री स्वराजले आतंकवादको मुद्दामा संयुक्त राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाइन् । उनले भनिन्,‘हामी त्यो खराबीसँग कसरी लड्ने जसको हालसम्म युएनले परिभाषा तय गर्न सकेको छैन । पाकिस्तान आतंकवादीलाई स्वतन्त्र सेनानी भन्छ । जो हामी माथि हमला गर्छ पाकिस्तानमा उसलाई बहादुर भनि सम्मान गरिन्छ । युएनले पहिले आतंकवादलाई परिभाषित गरोस् ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage