scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

काठमाडौं भित्रिने नाकाहरुमा डग सहितको चेकजाँच गर्छौं : प्रहरी प्रमुख लामा

काठमाडौं, १४ असोज । चाडपर्वको समयमा सुरक्षा चुनौती बढ्ने भएकाले  प्रहरीले काठमाडौं भित्रिने नाकाहरुमा कुकुरसहितको सुरक्षा जाँच गर्ने काठमाडौं महानगरीय प्रहरी प्रमुख बसन्त लामाले बताएका छन् ।

आईतबार महानगरीय प्रहरी परिसरमा पत्रकार सम्मेलनमार्फत  एसएसपी लामाले  उक्त कुरा बताएका हुन् ।

उनले काठमाडौंका विभिन्न ३० स्थानमा एम्बुसिङ र निगरानी गर्दै काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच कडाई गरिने बताए ।

एसएसपी लामाले भने- ‘नाकाहरुमा डग सहितको चेकजाँच गर्छौ, सुरक्षा चुनौतिलाई सामना गर्न हामीले चुस्त खालको सुरक्षा योजना बनाएका छौं ।’

चाडपर्वलक्षित अपराधका घट्ना कम गर्न काठमाडौं जिल्लामा मात्रै कुल ३ हजार ५ सय ३५ प्रहरी परिचालन गरिने उनले  बताए‍ ।

साथै उनले गुम्बा, मन्दिर, व्यापारिक प्रतिष्ठान तथा आर्थिक कारोबार हुने बैंक तथा वित्तिय संस्थाहरुमा हुनसक्ने सम्भाव्य अपराध न्यूनिकरण गर्न  सादा पोशाक तथा बर्दिमा प्रहरी परिचालन गरिने  बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage