scheduleशनिवार आश्विन ४ गते, २०७६

युएन सभामा भारतमाथि पाकिस्तानद्वारा यस्तो आरोप

एजेन्सी, १५ असोज । संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतमाथि पाकिस्तानमा आतंकवादी गतिविधिको समर्थन गरेको आरोप लगाएका छन् । साथै उनले सभामा सम्बोधनमो क्रममा कश्मीर मुद्दालाई पनि उठाएका छन् ।

कुरैशीले कश्मीर मुद्दा हल नभएसम्म दक्षिण एसियामा शान्ति स्थापित हुन नसक्ने बताएका छन् । केही साता अघि भारतले रद्द गरेको भारत र पाकिस्तानको विदेशमन्त्रीस्तरीय भेटवार्ताको पछाडी कुरैशीले भारतलाई दोषी देखाएका छन् । उनले भारतीय सरकारले महिनौं पुरानो डाक टिकटको मुद्दालाई उठाएको र वार्ताबाट पछि हट्नका लागि मानव अधिकार उल्लंघन र पैलेट गन पीडित जस्ता बहाना बनाएको आरोप लगाएका छन् ।

भारतले जम्मू कश्मीरमा तीन प्रहरीको बर्बरतापूर्वक भएको हत्या र इस्लामावादद्वारा कश्मीरी उग्रवादी बुरहान वानीमाथि डाक टिकट जारी गरेको आरोप लगाउँदै वार्ता रद्द गरिदिएको थियो ।

विदेशमन्त्री कुरैशीले पछिल्लो ७० वर्षदेखि युएनको सुरक्षा परिषदमा कश्मीर मुद्दा महत्वपूर्ण एजेण्डाको रुपमा रहेको बताएका छन् । उनले कश्मीर मुद्दा मानवताको आत्मामा एक घाउ बनेर बसेको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage