scheduleशनिवार आश्विन ४ गते, २०७६

चिकित्सामा नोबल पुरस्कारः यस्तो छ क्यान्सर उपचारको इतिहासमा प्रभावकारी खोज

एजेन्सी, १६ असोज । यस वर्षको चिकित्सा क्षेत्रको लागि नोबल पुरस्कारको घोषणा भएको छ ।

चिकित्सा क्षेत्रका लागि यस वर्ष अमेरिकाका जेम्स पि एलिसन र जापानका तासाकु होन्जोले नोबल पुरस्कार जितेका हुन् । क्यान्सर उपचारको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको ‘प्रतिरक्षा चेकप्वाइन्ट थेरापी’ का लागि यी दुई चिकित्सकलाई उक्त पुरस्कारद्वारा सम्मान गर्न लागिएको नोबल पुरस्कार समितिले बताएको छ ।

ट्युमर कोशिकालाई हमला गर्न प्रतिरक्षा क्षमता अभिवृद्धि गराउने उपाय पत्ता लगाएका ती दुई विजेताले क्यान्सर थेरापीको इतिहासमा एकदमै नयाँ सिद्धान्त प्रतिपादन गरेको समितिको विज्ञप्तिमा लेखिएको छ ।

एलिसन र होन्जोको यो नयाँ खोजले प्रतिरक्षा प्रणालीलाई प्रतिरक्षा कोशिकाहरुमा ब्रेक उत्सर्जन गराएर क्यान्सरका कोशिकामाथि हमला गर्न सहयोग पुर्‍याउँछ ।

अमेरिकी चिकित्सक एलिसनले प्रतिरक्षा प्रणालीमा ब्रेकको रुपमा काम गर्ने प्रोटिनबारे अध्ययन गरिरहँदा जापानका होन्जोले त्यस्ता प्रोटिनहरु पत्तो लगाएका थिए । उनीहरुको अनुसन्धानमा आधारित यो नयाँ थेरापीलाई क्यान्सर उपचारमा निकै प्रभावकारी मानिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage