scheduleमगलवार पौष ३ गते, २०७५

गैर इस्लामिक मानिने योगालाई साउदी अरबले यसरी अंगाल्दैछ

एजेन्सी, १६ असोज । पाँच वर्षसम्म गैर इस्लामिक अभ्यास मानिने योगाबारे साउदी अरबमा सोच्न पनि प्रतिबन्ध लगाइने गरिन्थ्यो । तर अहिले विश्वभरी योगाप्रतिको दृष्टिकोणमा परिवर्तन आइरहेको छ । संयुक्त राष्ट्रसंघले योगालाई मान्यता दिएको छ भने साउदीमा पनि अहिले आएर धेरै मानिसहरुले योगा सिक्न शुरु गरेका छन् ।

साउदी अरबमा योगाप्रतिको परिवर्तित धारणाको पछाडी धेरै कारणहरु छन् । तीमध्ये एउटा कारण ३८ वर्षीया नौफ मारवाई हो जसले आफ्नो प्रयासमा साउदीका धेरै मानिसहरुलाई योगा सिकाइन् । मारवाईको संस्थाको नाम अरब योगा फाउण्डेशन हो ।

युएनले ११ डिसेम्बर २०१४ मा यो त्यस दिनलाई अन्तराष्ट्रिय योगा दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । विश्वभरमा धेरै देशहरु यस्ता छन् जसले योगालाई नियमितरुपमा अपनाउने गर्छ ।

मारवाईको अनुसार योगालाई मान्यता मिलेको केही महिनामा नै मक्का र मदिना सहित विभिन्न ठूला शहरहरुमा योगा स्टूडियो खुलेको हो ।
अरबमा पहिले योगालाई हिन्दु धर्मको परम्परा मात्र मानिदैनथ्यो, योगा गर्नु त्यहाँ गैर इस्लामिक मानिन्थ्यो । तर साउदीका सुधारवादी मानिने युवराज मोहम्मद बीन सलमानले यसलाई एक खेलको रुपमा मान्यता दिए र यो अहिले देशभरी नै लोकप्रिय छ ।

मारवाईको अनुसार पहिले उनले यसका लागि धेरै समस्याहरुको सामना गर्नुपर्‍‍यो । घृणाले भरिएका सन्देशहरु उनलाई आउने गर्दथे । मौलविहरु सूर्य नमस्कारमाथि आपत्ति जनाउँथे । तर अहिले मानिसहरु यसलाई स्फूर्ति रहने शारीरिक व्यायामको रुपमा लिन्छन् । यसको धर्मसँग कुनै सम्बन्ध नभएको मारवाईको बुझाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob