scheduleशनिवार आश्विन ४ गते, २०७६

विज्ञानको क्षेत्रमा तहल्का मच्चाउने यी हुन् पाँच प्रभावशाली महिला

एजेन्सी, १७ असोज । भौतिकशास्त्रमा ५५ वर्षपछि महिलाले नोवल पुरस्कार जितेकी छिन् । क्यानडाकी डोना स्ट्रिकल्याण्ड यो अवार्ड जित्ने तेस्रो महिला हुन् । उनी अघि यो अवार्ड १९०३ मा मैरी क्यूरी र १९६३ मा मारिया गोपर्टले जितेकी थिइन् ।

डोना स्ट्रिकल्याण्ड र यी अन्य दुई महिलाबाहेक विज्ञानको क्षेत्रमा अब्बल योगदान दिने पाँच यस्ता महत्वपूर्ण महिला वैज्ञानिकका बारेमा आज हामी तपाईलाई बताउन जाँदै छौं जो आफ्नो सफलता र प्रभावका कारण लोकप्रिय छन् । यी पाँच महिलाले विज्ञानको शोध र प्रयोगमा मात्र आफुलाई सिमित राखेनन् यिनीहरुको उत्साहले यिनीहरुलाई नेतृत्वको भूमिका र निर्णय गर्ने स्थानमा पनि स्थापित गर्‍यो ।

१. फाबिओला आनोती, इटली
२०१४ मा वेलायतको अखबार ‘द गार्डियन’ ले इटलीकी भौतिकशास्त्री फाबिओला जानोतीलाई ‘ब्रह्माण्डको रहस्यको कुंजीवाली महिला’ करार दिएको थियो ।

फाबिओलाले २०१६ मा स्विटजरल्याण्डस्थित विश्वको महत्वपूर्ण विज्ञान केन्द्र युरोपियन अर्गनाइजेशन फर न्यूक्लियर रिसर्चमा पार्टिकल फिजिक्सको नेतृत्व गरिन् ।

१९९४ बाट फाबिओला यो सेन्टरमा एक महत्वपूर्ण भौतिक विज्ञान खोजकर्ता थिइन् । २००९ देखि २०१३ सम्म लार्ज हैड्रन कोलाइडमा एटलसका लागि प्रवक्ता रहिन् । उनले प्रकृतिमा व्यापक मात्रामा पार्टिकल किन छ भन्ने कुरालाई विश्व सामू राखिन् ।

२. क्रिस्टिना फिगेरस, कोस्टारिका
प्रकृतिलाई आफ्नो पहिलो घर मान्ने क्रिस्टिना एन्थ्रोपोलोजिस्ट हुन् । उनी कोस्टारिकाको तीन पटक राष्ट्रपति बनिसकेका जोसे फिगेरस फेररकी छोरी हुन् ।

क्रिस्टिना २०१२ देखि २०१६ सम्म संयुक्त राष्ट्रसंघमा फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जको कार्यकारी सचिव रहिन् । क्रिस्टिनाले २०१० मा कानकुन, २०११ मा डर्बन, २०१३ मा वार्सा र २०१४ मा लिमाको जलवायु परिवर्तन कन्फ्रेन्सको नेतृत्व गरिन् ।पेरिसमा२०१५ को ऐतिहासिक जलवायु सम्झौतामा क्रिस्टिना अहम् भूमिकामा रहिन् ।

३. किरण मजूमदार शाह, भारत
भारतकी किरण मजूमदार शाहले विज्ञानको संसारमा योगदान पुर्‍याएर भिन्दै पहिचान कायम गरेकी छिन् । २०१० मा अमेरिकाको महत्वपूर्ण पत्रिका टाइमले वार्षिक रैंकिङ ‘टाइम सय’ मा उनलाई विश्वको सय प्रभावशाली मानिसहरुको बीच स्थान दिएको थियो ।

बायोटेक्नोलोजीमा आफ्नो योगदानको कारण उनलाई हिरोको क्याटोगोरीमा स्थान दिइएको हो । २०१४ मा फ्यूचर मैगजिनमा किरणलाई एशिया प्यासिफिकमा सबैभन्दा प्रभावशाली महिलाको करार दिइएको थिइयो । उनी बायोकोनको संस्थापक तथा अध्यक्ष हुन् । यो कम्पनी बायोटेक्नोलोजीको क्षेत्रमा शोध गर्दछ ।

४. गोयल शटवेल अमेरिका
अमेरिकाको मैगजिन फोर्ब्सले  विश्वको सय शक्तिशाली महिलाहरुमा गोयनलाई ७६ औं स्थानमा राखेको थियो । यो सूचीमा कन्स्ट्रक्सन र इंजिनियरिङको क्षेत्रमा उनी एकमात्र महिला हुन् ।

गोयतको विशेषता अप्लाइड म्याथ्समा पनि छ । उनी स्पेसएक्सकी अध्यक्ष पनि हुन् । यो कम्पनी स्पेश प्रविधिमा काम गर्छ ।

५. मारग्राटा चान, चीन
चिनियाँ फिजिशियन मारग्राटा चानले रोगाणुरोधकको लागि काम गरेकी छिन् । चानले गानरीअ जस्तो विमारीहरुका लागि सतर्क गरिन् । उनी विश्व स्वास्थ संगठनको महानिर्देशक पनि रहिसकेकी छिन् ।

चान स्वास सम्बन्धि विमारीहरु र बर्ड फ्लूको विशेषज्ञ हुन् । चानले महिलाहरु र बच्चाहरुको स्वास्थ्यका लागि धेरै काम गरेकी छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage