scheduleमगलवार पौष ३ गते, २०७५

इन्दिरा एकादशी व्रतः पितृउद्धारका लागि उत्तम तिथी

एजेन्सी, १७ असोज । पितृको उद्धारका लागि असोज महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई निकै विशेष मानिन्छ । यो एकादशीलाई इन्दिरा एकादशीको नामले चिनिन्छ । यो प्रत्येक वर्ष एकादशी पितृपक्षको दौरान पर्छ । यसपटक यो ५ अक्टोबरमा परेको छ ।

यदि जुनकुनै पितृहरुबाट कुनै पाप भएको छ जसको कारण नर्कको सजायँ भोग्नुपरेको छ भने यो एकादशीको व्रतले त्यो पाप मेटिने र पितृको उद्धार हुने बताइन्छ ।

यो दिन बिहानै स्नान गरेर भगवान विष्णुको ध्यान गर्दै हातमा जल, फूल र दक्षिणा लिएर व्रत संकल्प गर्नुपर्ने हिन्दू धर्मगुरुहरु बताउँछन् । यसको लागि दिउँसो पितृको खुशीका लागि श्राद्ध गर्नुपर्ने हुन्छ ।

व्रत विधि

यो व्रत एकादशीको एक दिन पहिले दशमीमा शुरु हुन्छ । यो रात भोजन गर्नु हुँदैन । यो दिनमा पनि अन्न ग्रहण गर्नुहुँदैन फलहार लिएर व्रत राख्न मिल्छ ।

यो दिन बिहान चाँडै उठेर स्नान आदी गरी सूर्यदेवलाई अर्घ दिनुपर्छ । त्यसपछि भगवान विष्णुको आगि घ्यूको दियो बाल्नुपर्छ ।

त्यसपछि आफ्नो पितृहरुको श्राद्ध गर्नुहोस् र दिनमा केवल एकपटक मात्र भोजन गर्नुहोस् । यसपछि ब्राह्मणलाई फलहारको भोजन गराउनुहोस् र उनीहरुलाई दक्षिणा दिनुहोस् ।

यस दिन भगवान् विष्णुको पूजा आराधना गर्नुहोस् र व्रत कथा सुन्नुहोस् । एकादशीको व्रतको पारण एकादशीको अघिल्लो बिहान गर्नुहोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob