scheduleआइतवार भाद्र २९ गते, २०७६

गान्धीले किन पाएनन् नोबेल शान्ति पुरस्कार ?

एजेन्सी, २० असोज । प्रत्येक वर्षको १० डिसेम्बरमा दिइने नोबल शान्ति पुरस्कारको शुरुवात सन् १९०१ बाट शुरुवात भएको हो । हालसम्म यो पुरुस्कार ९८ पटक दिइसकेको छ ।

पहिलो पटक यो पुरस्कार रेडक्रसका संस्थापक जेन हेनरी ड्युनालाई प्रदान गरिएको थियो । १९ पटक यो पुरस्कारको घोषणा रद्द भएको थियो भने २७ पटक यो कुनै व्याक्तिलाई नभई संस्थालाई प्रदान गरिएको थियो ।

शान्तिका लागि नोबल पुरस्कारको कुरा आउँदा विश्वले सधै स्मरण गर्ने एउटा नाम महात्मा गान्धी हो जसलाई आधुनिक युगको महान् शान्ति दूत भनेर विश्वले पहिचान गरेको छ ।

तर नोबल कमिटिले महात्मा गान्धीको योगदानलाई कहिल्यै टिप्पणी नै गरेन जसकारण आज आम मानिसहरुमा यसको पछाडी गान्धीलाई पुरस्कार दिएर नोबल कमिटिले अंग्रेज साम्राज्यसँग कटुसम्बन्ध स्थापित गर्न नचाहेको हुनसक्ने मान्छन् ।

तर हालै केही दस्तावेजले नोबल कमिटिमाथि त्यस प्रकारका कुनै बेलायती सरकारबाट दबाब नभएको उजागर गरेको छ ।

माहत्मा गान्धीलाई नोबल शान्ति पुरस्कारका लागि चार पटक मनोनयन गरिएको थियो । उनलाई लगातार १९३७, १९३८ र १९३९ मा मनोनयन गरिएको थियो । त्यसपछि १९४७ मा पुन उनको नामांकन भएको थियो ।

त्यसपछि अन्तिम पटक १९४८ मा उनको नामांकन भएको थियो तर त्यसको ठिक चार दिनपछि उनको हत्या भएको थियो ।

पहिलो पटक नर्वेका एकजना सांसदले उनको नाम शिफारिस गरिएको थियो तर पुरस्कार दिने समयमा उनलाई नजरअन्दाज गरियो ।

त्यस समयका उपलब्ध दस्तावेजबाट नोबल कमिटिका एक सल्लाहकार जैकब वारमुलरले यसबारेमा आफ्नो टिप्पणी लेखेको देखिन्छ । उनले लेखेका छन्,‘उनी हिंसा आफ्नो नीति सधै कायम रहेनन् र उनलाई अंग्रेजी शासनको विरुद्ध उनको अहिंसाक प्रदर्शनले जुनसुकै समय हिंस्रकरुप लिनसक्छ भन्ने हेक्का भएन ।’

जैकब वारमुलरले लेख्छन् गान्धीको राष्ट्रियता भारतीय सन्दर्भमा मात्र सिमित रह्यो यहाँसम्मकी दक्षिण अफ्रिकामा उनको अन्दोलन पनि भारतीय मानिसहरुको हितमा सिमित रह्यो ।

उनले अश्वेतका लिए केही पनि गरेनन् जो भारतीयहरुभन्दा पनि खराब जीवन जिउन वाध्य थिए ।

गान्धीकै मार्गबाट प्रेरित भएर काला जातीका अधिकारका लागि लड्ने मार्टिन लुथर किङ र नेल्शन मण्डेलाजस्ता हस्तीहरुले शान्तिका लागि नोबल शान्ति पुरस्कार पाए तर तिनै हस्तीले अहिंसाका पाठ सिकेका गुरु महात्मा गान्धीले उक्त पुरस्कार नपाउनुलाई बिडम्बना नै भने भनि फरक नपर्ला ।

सन् १९४७ मा जब शान्ति पुरस्कारहरुका लागि सिर्फ छ जनाको नाम नामांकन गरियो तब त्यसमा गान्धीको नाम पनि सामेल थियो ।

तर अखबारमा छापिसकेको भारत विभाजन पछि गान्धीका केही विवादास्पद बयानका कारण उनी शान्ति पुरस्कारबाट बञ्चित रहे । तब त्यो पुरस्कार मानव अधिकार आन्दोलन क्वेकरलाई प्रदान गरियो ।

१९४८ मा क्वेकर आफैले यो पुरस्कारका लागि गान्धीको नाम प्रस्ताव गरेको थियो ।

नामांकनको अन्तिम समय मात्र दुई दिन अघि गान्धीको हत्या भएको थियो । यो त्यस समयसम्म नोबल कमिटिलाई गान्धीको पक्षमा पाँच स्तुतिहरु प्राप्त भैसकेको थियो । तर त्यस समय मरणोपरान्त कसैलाई पुरस्कार नदिने व्यवस्था थियो ।

तर त्यस समय कुनै विशेष अवस्थामा मरणोपरान्त पनि कुनै व्याक्तिलाई पुरस्कार दिने विशेष व्यवस्था थियो । तर, त्यस समय कमिटिलाई एउटा समस्या थियो । समस्या यो थियो कि पुरस्कारको पैसा कसलाई प्रदान गर्ने भन्ने किनभने गान्धीको कुनै ट्रस्ट वा संगठन नै थिएन । उनको कुनै सम्पत्ति पनि थिएन र त्यसबारे उनले कुनै दस्तावेज पनि छोडेका थिएनन् ।

यद्यपी यी सबै मामिला त्यति पेचिलो पनि थिएन वा जसको कुनै समाधान पनि थिएन तर कमिटि आफैले नै कुनै झन्झट ब्यहोर्न चाहेन ।

तब १९४८ मा नोबल पुरस्कार कसैलाई प्रदान नगर्ने अवस्था आयो ।

कमिटिले आफ्नो प्रतिक्रियामा लेखेको दस्तावेज हेर्दा यदि त्यस समय गान्धीको अचानक मृत्यु नभएको भए त्यस वर्षको पुरस्कार उनलाई दिइने अनुमान लगाउन सकिन्छ ।

त्यस समय कमिटिले कुनै पनि जिउँदो उम्मेद्वारलाई आफुले नोबल पुरस्कार पाउन लायक नदेखेको र त्यसकारण त्यसवर्षको पुरस्कारलाई रद्द गरिदिएको घोषणा गरेको थियो । बीबीसी हिन्दीको सहयोगमा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage