scheduleशुक्रवार भाद्र ६ गते, २०७६

कङ्गोमा इन्धन ट्यांकर ठोक्किदाँ ५० को मृत्यु

एजेन्सी, २१ असोज । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार एउटा इन्धन ट्यांकर एउटा सवारीसँग ठोक्किदाँ ५० जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरुले बताएका छन् । उक्त दुर्घटनामा अन्य सय जलेर गम्भिर घाइते भएका छन् ।

उक्त दुर्घटना राजधानीभन्दा १३० किमी टाढा मबुता गाउँमा भएको हो ।
कङ्गोको केन्द्रिय राज्यका उप गर्भनर अताउ माटुबौना नुकुलुकीले दुर्घटनाका पीडितहरुलाई सहयोग गर्न प्रशासन लागिपरेको बताएका छन् ।

घाइते हुने सबै सेकेण्ड डिग्री जलेको उनले बताएका छन् ।

वर्षै लामो युद्ध र वेवास्ताका कारण मध्ये अफ्रिकी मुलुकका सडकहरु ज्यादै खराब अवस्थामा छन् ।

यस अघि २०१० मा पनि कङ्गोमै एउटा इन्धन ट्यांकर विस्फोट हुँदा २३० जनाको मृत्यु भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage