scheduleआइतवार भाद्र २९ गते, २०७६

इमरानले अचानक यस्तो निर्णय लिएपछि सर्वत्र चासो

एजेन्सी, २१ असोज । पाकिस्तान सरकारले हालै चीनको साथमा २०१३ मा भएको करिब ५० अर्ब डलरको आर्थिक सम्झौता सिपिइसीमा साउदी अरबलाई पनि संलग्न गराउने घोषणा गरेको थियो ।

यो मामिलामा प्रधानमन्त्री इमरान खानले विपक्षी दलको आलोचनाको सामना गर्नुपर्‍यो । तर फेरी अहिले पाक सरकारले आफ्नो फैसलालाई फिर्ता लिँदै सिपिइसी सम्झौता द्विपक्षीय सम्झौतामा मात्र सिमित रहने बताएको छ ।

यो मामिलाको महत्वपूर्ण कुरा भनेको इमरानले यो फैसला साउदी अरबको पछिल्लो भ्रमणपछि लिएका हुन् । त्यसपछि साउदीबाट एउटा प्रतिनिधिमण्डल पछिल्लो आइतबार पाकिस्तान आएको थियो ।

यी घटनाक्रमहरुलाई देख्दा साउदीलाई उक्त सम्झौतामा संलग्न गराउने पाकिस्तानको घोषणा पछि फेरी उसले किन यसलाई उल्टाउने फैसला लिएको भन्ने अहम् प्रश्न उठेको छ ।

पाकिस्तानको राजनीतिमा इमरान खानको यो फैसलालाई निकै अनौठोरुपमा हेरिएको छ ।

पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले क्याबिनेट बैठकपछि चाइना पाकिस्तान इकोनोमिक कोरिडोर सिपिइसीको अन्तर्गत साउदी अरबको साथमा तीन रोड पूर्वाधार र ऊर्जा परियोजनाका लागि सम्झौता गरिएको र साउदीलाई सिपिइसीको तेस्रो साझेदारको रुपमा संलग्न गराइएको बताएका थिए ।

तर त्यसको केही समयपछि नै ऊ आफ्नो निर्णयबाट पछि हट्यो ।

पाकिस्तानस्थित बीबीसी संवाददाता हारुन रसिद यस मामिलामाथि प्रकाश पार्दै भन्छन्, ‘अहिले यो इमरान सरकारको यो फैसला पछिको कारणबारे कसैलाई थाहा छैन । तर सम्भवत इरान सरकारको तर्फबाट कुनै प्रकारको दबाब आएको हुनसक्ने मानिएको छ किनभने साउदी अरब सिपिइसीको माध्यबाट बलूचिस्तानसँग जोडिएका क्षेत्रहरुमा लगानी गर्न चाहन्छ जुन इरानको सीमासँग जोडिएको छ । यस्तोमा इरान कहिले पनि आफु नजिक साउदी अरब आएर रहोस् भन्ने चाहँदैन ।’

कतिपाय विश्लेषकहरुका अनुसार अहिले पाकिस्तान यस्तो अवस्थामा छ जसकारण ऊ कुनै पनि प्रोक्सी वारको रणभूमि बन्नसक्छ जसरी अमेरिका र सोभियत संघबीचको संघर्षमा अफगानिस्तान लगभग तीन दशकसम्म बनेको थियो ।

रसिद भन्छन्, ‘पाकिस्तानमाथि उ साउदी अरब र इरानको बीचमा प्रोक्सी वार वाला देश बनेको आरोपहरु लाग्ने गरेको छ । पाकिस्तान सरकार प्रोक्सी वारसँग जोडिएको खतरासँग परिचित छ । यस्तोमा ऊ सधैं साउदी र इरानलाई समानरुपमा हेर्ने गरेको बताउँछ । यसकारण यसबाट बच्नका लागि उसले आफ्नो फैसलाबाट युटर्न लिएको हुनसक्ने बताइएको छ ।’

यदि प्रोक्सी वारको कुरा गर्ने हो भने इरान र साउदी अरब यमनमा लामो समयदेखि जारी छदम् युद्धमा फसेका छन् । यसबाहेक इराकमा पनि दुई देशबीच परोक्षरुपमा संघर्ष चलिरहेको छ ।

त्यस्तै अर्कोतर्फ पाकिस्तान सरकारको पछिल्लो फैसलाबाट साउदीमा पर्ने प्रभावको कुरा गर्ने हो भने उसमा खास ठूलो प्रभाव परेको देखिएको छैन ।

रसिद भन्छन्, ‘यसबाट साउदी अरबलाई त कुनै नोक्सान हुँदैन किनभने ऊ केही परियोजनाहरुमा लगानी गर्न चाहन्छ र त्यस्तो परियोजनामा पछि पनि लगानी गर्ने छ । तर सम्भव छ कि यो लगानीहरुलाई पछि गएर सिपिइसीमा जोड्न सकिन्छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage