scheduleआइतवारबैशाख ५ गते, २०७८

अझै सक्रिय छन् १०७ वर्षका विश्वकै वृद्ध हजम

एजेन्सी, २२ असोज । एन्थोनी मेन्सीनेली एकजना असामान्य हजम हुन् । उनी यसकारण असामान्य छन् किनभने उनले जति लामो समय हजमको पेशामा आबद्ध मानिस संसारमा अरु कोही छैन । मेन्सीनेलीले अरुको कपाल काटेको करिब एक शताब्दी बितिसकेको छ । तर १०७ वर्षको उमेरमा पनि उनी अझै यो पेशामा सक्रिय छन् । हप्तामा पाँच दिन यही काममा व्यस्त हुन्छन् उनी राती आठबजेसम्म । उनले हजमको काम ११ वर्षको कलिलो उमेरदेखि शुरु गरेका हुन् ।

अमेरिकी शहरदेखि करिब एकघण्टाको दुरीमा रहेको छ उनको शलुन । सन् २००७ मा ९६ वर्षको उमेरमा उनलाई गिनिज वल्र्ड रेकर्डले विश्वकै वृद्ध हजम भनि परिचित गराएको थियो । त्यसपछि भने मेन्सीनेलीले आफ्ना प्रतेक जन्मदिनमा स्थानीय नागरिक समूह, निर्वाचित अधिकारी र अन्य शलुन कम्पनीहरुबाट सम्मान र शुभकामना पाउँदै आएका छन् ।

हट्टकट्ट शरीर, सन्तुलित हात र सेतै फुलेका बाक्लो कपाल यिनै हुन् उनलाई पहिचान गर्न सकिने शारीरिक वर्णन । कालो छालाको जुत्ता लगाएका उनका बुढा खुट्टाका भरमा उभिएर उनी दिनैभरी आफ्नो शलुनमा काम गरिरहन्छन् ।

‘मानिसहरु यहाँ आउँछन् र उनको उमेर थाहा पाएपछि अच्चमित हुन्छन्,’ शलुनका मालिक जेन डिनेज्जाले सुनाउँछिन् ।

‘हामी उनलाई विमार हुँदा कहिल्यै बोलाउँदैनौं । हाम्रो यहाँ काम गर्ने युवाहरुमा घुँडा र ढाडको समस्या छ तर उनी भने काम गरिनै रहन्छन् । उनी २०वर्षको युवाले भन्दा धेरै काम गर्न सक्छन् । उनीहरु यहाँ फोन वा म्यासेज हेर्दै बस्छन् तर उनी भने काम नै गरिरहन्छन्,’ डिनेज्जाले भन्छिन् ।

उनको दीर्घजीवनको बारेमा प्रश्न गर्दा मेन्सीनेली आफुले सधै सन्तुष्टीपूर्ण दिनमा मात्र काम गरेको र आफुले कहिल्यै पनि भारी मात्रामा मादक तथा लागूपदार्थ सेवन नगरेको बताउँछन् ।

उनका सबै दाँत अझै सकुशल छन् । उनलाई कपाल काट्न चस्मा लगाउनु पर्दैन र उनको हातहरु अझै सन्तुलित छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay