scheduleबिहिवार भाद्र ५ गते, २०७६

टेलिभिजनकी अनुसन्धान पत्रकारको बलात्कारपछि हत्या

एजेन्सी, २२ असोज । बुल्गेरियाको उत्तरी शहर रुसीमा टेलिभिजनकी एकजना अनुसन्धान पत्रकारको बलात्कारपछि हत्या भएको त्यहाँको अधिकारीहरुले बताएका छन् ।

हत्या भएकी पत्रकार रुसीकै सानो निजी टेलिभिजन टिभिएनकी अनुसन्धान पत्रकार ३० वर्षिया भिक्टोरिया मारिनोभा रहेको बताइएको छ । उनको शरीरलाई एउटा पार्कमा शनिबार पाइएको त्यहाँका एकजना क्षेत्रीय अभियोजनकर्ता जर्जी जियोगिझे बताएका छन् ।
उनको मोबाइल फोन, कारको चाबी, चस्मा र कपडाका अन्य भागहरु हराएको ती अभियोजनकर्ताले बताए ।

उनी टाउकोमा चोट र स्वास रोकिएका कारणले मृत्यु भएको बताइएको छ ।

देशका आन्तरिक मन्त्री म्लाडेन मारिनोभले पछि उनको बलात्कार पनि भएको पुष्टि गरेका छन् ।

प्रहरीले उनको निजी जीवन र पेसा दुवैमा आधारित रहेर अनुसन्धान गर्ने बताएको छ । प्रहरीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपिसँग अपराध उनको पेशासँग असम्बद्ध भएको देखिएको बताएको छ ।

मृत पत्रकार मारिनोभा उक्त टेलिभिजनकी प्रशासनिक निर्देशक हुन् । उनले हालै एउटा समसामयिक टक सो ‘डिटेक्टर’ लन्च गरेकी थिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage