scheduleबुधवार आश्विन ६ गते, २०७८

बलात्कारको असफल प्रयास गर्ने पक्राउ

कास्की, अहिले बलात्कारका घटनाहरु अप्रत्यासित रुपमा मौलाउँदै गएका छन् । त्यसतै पोखराको याम्दीमा ४ वर्षीया बालिकालाई बलात्कार गर्ने खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।

याम्दीका २५ वर्षीय सुजन श्रेष्ठले मंगलबार बालिकालाई ललाइ फकाई एकान्तमा लगेर अस्वभाविक क्रियाकलाप गरेको पीडित बालिकाकी आमाले प्रहरीसमक्ष बयानमा बताएकी छिन् ।

श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन् भने बलात्कारको प्रयास गरेको स्वीकार गरिसकेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय