scheduleआइतवारबैशाख ५ गते, २०७८

वेल्सविरुद्ध स्पेनको सानदार जित

काठमाडौँ, २६ असोज । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा स्पेनले पनि सानदार जित हात पार्न सफल भएको छ । वेल्सविरुद्ध भएको खेलमा स्पेनले ४-१ गोलको जित हात पार्न सफल भएको हो ।

खेलको ८ औ मिनेटमा फ्रान्सिसको अल्कासरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

खेलको १९ औ मिनेटमा सर्जियो रामोसले गोल गरे । खेलको २९ औ मिनेटमा फ्रान्सिसको अल्कासरले व्यक्तिगत दोस्रो गोल गरे भने स्पेनका लागि तेस्रो गोल गरे । दोस्रो हाफमा पनि स्पेन उत्तिकै बलियो देखियो ।

पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको स्पेनका लागि मार्क बार्ताले खेलको ७४ औ मिनेटमा चौथो गोल गरे । खेलको ८९ औ मिनेटमा साम भोक्सले वेल्सका लागि सान्तोना गोल गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay