scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

हराएका पत्रकारको खोजी गर्न साउदी टोली टर्कीमा


अङ्कारा, २६ असोज । टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ ।

राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप पहल गर्न साउदी अरबको टोली टर्की आइपुगेको हो ।

साउदीको टोलीले टर्कीको पनि एउटा टोलीसँग मिलेर दुवै पक्षको संयुक्त टोलीमार्फत खोजी गर्ने योजना बनाएको छ ।

टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेका थिए ।

पहिला राम्रो सम्बन्ध भए पनि पछि साउदी राजपरिवारको कडा आलोचक बन्नु भएका पत्रकार खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट यही अक्टोबर २ देखि बेपत्ता भएका हुन् ।

टर्कीकी एउटी महिलासँग विहेको छिनोफानो गरेका खशोगी आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावास गएका थिए ।

टर्कीका अधिकारीहरूले ५९ वर्षीय खशोगीको हत्या भएको बताएका छन् भने साउदी अरबले त्यसको खण्डन गरेको छ । रासस/सिन्ह्वा

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage