scheduleआइतवार भाद्र २९ गते, २०७६

सडकभरि नेपाल राष्ट्र बैंक !

पुष्पा महरा/  हरेक वर्षको बडा दशैको अवसर पारेर दशै आउनु केही दिनअघि मात्रै नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन गर्छ । दशैको टिका र जमरासँगै मान्यजनबाट आशिर्वाद लिँदा नयाँ नोट लिनुपर्छ भन्ने प्रचलन छ । त्यसका लागि मानिसहरु बैंक वरिपरि घण्टौं लामवद्ध भए वा सडकमा कमिसन तिरेर जसरी पनि नयाँ नोट नै साटेर राखेका हुन्छन् ।

हुन त नयाँ नोट न त त्यसको मूल्य बढीमा चल्छ नत पुनारो कममा नै । तर पनि यो कस्तो प्रचलन, कहाँबाट आयो, किन आयो, यो कति जरुरी छ, त्यो यसै भन्न सकिन्न । तर दशैंका लागि मानिसहरुले जसरी पनि नयाँ नोट साट्छन् । त्यसका लागि जति नै दुःख किन गर्नु नपरोस्, वा अरु जति नै खर्च किन गर्न नसपरोस् ।

यस वर्ष पनि गत २१ गतेदेखि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीका लागि सूचना जारी गर्‍यो । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय तथा क्षेत्रीय कार्यालयहरुबाट आगामी २९ गतेसम्मका लागि नयाँ नोट साट्न पाइन्छ । नयाँ नोट साट्नका लागि बैंकहरुमा मानिसको लाइन भने अत्यधिक छ । मानौ कि कुनै चिठ्ठा खुल्दैछ । मानिसहरु नयाँ नोट सटहीका लागि घण्टौं लाइनमा बस्ने गरेका छन् । तर यो लाइन सबै उपभोक्ताको भनै होइन ।

एक व्यक्तिले २७ हजारसम्म नयाँ नोट सटही गर्न पाउने भएकाले घण्टौ लाइनमा बसेर भएपनि नयाँ नोट सटही गर्ने र बजारमा त्यसैको व्यापार गर्ने प्रवृत्ति मौलाएको छ । अहिले राष्ट्र बैंकका शाखाहरुमा नयाँ नोट सटहीका लागि लाइन त छ नै, काठमाडौंको फुतपाथमा पनि नयाँ नोट सटहीका लागि उल्लेख्य भीड देखिन्छ । हामी बजारमा पनि जहाँतँही देख्न सक्छौं, नाङलोमा पैसा फिजाएर नयाँ नोट सटही गरेको । मानौं कि राष्ट्र बैंक नै सडकमै रहेछ ।

पुष्पा महरा

ती व्यापारीहरुले प्रति एकसय रुपैयाँमा १० रुपैयाँ नाफा लिँदा रहेछन् । अर्थात् एक हजार रुपैयाँ सटहीबाट एक सय रुपैयाँ नाफा लिँदा रहेछन् ती व्यापारीहरु । दशैंको मुखमा मात्रै चल्ने पैसाको यो व्यापार पनि राम्रै फस्टाएको रहेछ अहिले । बैंकमा घण्टौ लाइनमा बसेर नोट सटही गर्ने झन्झटमा बस्नु भन्दाको १० प्रतिशत कमिसनमा नोट सटही गर्दा नै उत्तम मान्नेहरुले नयाँ नोटका व्यापारीहरुलाई राष्ट्र बैंक बनाउँदा रहेछन् । त्यस्तै थोरै तिनो साट्न चाहनेहरुले पनि व्यापारीसँग नै नोट साट्दा रहेछन् ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई बाँड्न नयाँ नोट बैकहरुलाई पठायो । निश्चित सिमा तोकेरमा मात्र नयाँ नोट बैकहरुमा पठाईयो । तर जब ग्राहकहरु नोट सटहीका लागि जान्छन्, तब कतै ‘पैसा छैन भन्ने कतै निक्कै लामो लाइन भएका कारण धेरै समय लाग्ने हुनाले फुटपाटमा पैसाको व्यापारले प्रसय पाएको सिधा अड्कल काट्न सकिन्छ ।

व्यापारीले फुथपातमा बसेर दिनभरीको टन्टलापूर्ण घाममा बसेर १० प्रतिशत मुनाफामा पैसाका व्यापार गर्छिन् भने त्यसलाई ठूलो मान्नु हुँदैन । किनभने ती व्यापारीले पैसाकै व्यापार गरेर एकातिर आफ्नो परिवार पारिरहेकी हुन्छिन् भने अर्काे तिर उपभोक्तालाई बैंकले पनि दिन नसकेको सेवा पनि त दिइरहेकी हुन्छन् । उनले लिएको १० प्रतिशत ठूलो मान्नु भन्दा पनि सडकमै पैसाको व्यापार हुने भए किन चाहियो बैंक ? भन्ने पनि एकाथरि मानिसहरुको टिप्प्णी रहेको छ । हुन पनि हो, उपभोक्तालाई सहज र सुलभ तरिकाले आवश्यक रकम उपलब्ध गराउनु त बैंक तथा सरकारको काम हो । नयाँ नोट हामीले सित्तैमा पाउने पनि होइन, हामीले पनि साट्ने नै हो भने नयाँ नोट वितरणमा पनि राष्ट्र बैंकले किन कन्जुस्याई गर्छ अनि सरकारले किन कन्जुस्याई नगर भन्दैन ? त्यो हो यक्ष प्रश्न ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage